नेपाल बौद्ध महासंघबाट शिक्षा मन्त्रीलाई ज्ञापन पत्र, गोन्पा शिक्षा सहज बनाउन माग

नेपाल बौद्ध महासंघले शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पन बुझाउँदै गोन्पाहरुमा दिइने शिक्षालाई सहज बनाउन माग गरेको छ । परम्परागत गोन्पा शिक्षालाई २०६५ सालदेखि राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षी बनाउने मूल उद्देश्यका साथ नेपाल सरकारले परम्परागत धार्मिक गोन्पा शिक्षालाई मान्यता प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट परम्परागत धार्मिक प्रकृतिका विद्यालयहरूलाई मान्यता प्रदान गरिएता पनि गोन्पा विद्यालयका मुख्य विषयका शिक्षकहरूका लागि छुट्टै नीतिगत व्यवस्था नहुँदा स्थानीय स्तरमा अन्य विषय सरह अध्यापन अनुमति पत्र अनिवार्य गराउने गरिएकोले गोन्पा विद्यालयहरूमा शिक्षक व्यवस्थापनमा विभिन्न समस्याहरू देखिएको गोन्पा शिक्षाका सरोकारवालाको गुनासो रहेको छ ।

गोन्पा विद्यालयमा अध्ययन, अध्यापन हुने मुख्य विषयहरू भोट भाषा, भोट व्याकरण र भोटभाषाको माध्यमबाट अध्यापन हुने बौद्ध शिक्षा, बौद्ध दर्शन, सामाजिक अध्ययन तथा सिर्जनात्मककला विषय अध्यापन गराउने शिक्षकहरुको कमी रहेको छ । अर्को व्यवस्था नभएसम्मको लागि देश, विदेशका विभिन्न बौद्ध गोन्पाहरूबाट भोट भाषाको माध्यमबाट बौद्ध दर्शन, शिक्षा भोट भाषा, व्याकरण आदि विषयमा उच्च शिक्षा लिएका खेन्पो, गेशे र लोपोनहरूलाई अध्यापन गर्न पाउने नीतिगत व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । यसबाहेक हिमाली क्षेत्रको सामुदायिक विद्यालयहरूमा आधारभूत तहमा एैच्छिक विषयको रूपमा अध्यापन गराउनको लागि शास्त्रीय भोटभाषाको पाठ्क्रम तथा पाठ्यपुस्तक विकासको व्यवस्था गर्न गराउनको लागि ध्यानाकार्षण गराउँदै नेपाल बौद्ध महासंघले ज्ञापन पत्र बुझाएको हो ।

Share

Related posts

Leave a Comment