काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्कले यस क्षेत्रकै आकर्षण बढाएको छ। सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।पार्कमा बनाइएका वज्रपाणी बुद्ध, गुरु रिन्पोछेका आकर्षक मूर्तिहरुले यहाँ पुग्ने जोकोहीको मन जित्ने गरेको छ ।
Read MoreAuthor: rinpoche
बौद्ध धर्मका केही आधारभुत जानकारी
बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा…
Read Moreशाक्यमुनि बुद्ध र अन्य बुद्ध सम्बन्धित यी प्राचीन स्थानहरु
पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ । लुम्बिनी र यस आसपासमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर बाहेक अन्य थुप्रै स्थान रहेका छन् । ती मध्ये केही यसप्रकार छन् । ओझेलमा…
Read Moreकाठमाडौँ उपत्यकाकै महत्वपुर्ण बौद्ध सम्पदा हिरण्यवर्ण महाविर पूनःनिर्माण कार्य सुरु
हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्। उक्त महाविहार भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको हो। क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको हो। सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो। भूकम्पले क्षति पुर्याएका नेपालका २८…
Read Moreस्वस्थ रहन फोटोपत्रकारलाई बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्छेन रिन्पोछेको टिप्स
आज गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्दै बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटलमा फोटोपत्रकारहरुलाई १ घण्टाको योग अभ्यास गराउनु भएको छ । लामो समयदेखि रिन्पोछेले योग र शारीरिक व्यायामका माध्यमबाट विभिन्न रोन निर्मुल गर्ने किशिमका उपचार पद्धति सिकाउँदै आउनु भएको छ । व्यस्त दैनिकीमा रहने फोटो पत्रकारहरुलाई अझ बढि योग र व्यायामको आवाश्यकता पर्ने उहाँको भनाई छ । फोटो पत्रकाहरुको समूहले पनि योग र व्यायामको माध्यमबाट स्वस्थ रहने विधि सिकाएको रिन्पोछेलाई धन्यवाद ज्ञापन गरेको छ ।
Read Moreत्यो बुद्धभूमि जहाँबाट सुरु भयो विश्वमै पहिलोपटक गणतन्त्र
बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो । प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा…
Read Moreलुम्बिनीमा ९ विदेशी सहित २१ भिक्षु ३ महिने वर्षावासमा
बुद्ध धर्मावलम्बीको महत्वपूर्व पर्व मानिने ३ महिने वर्षाबास शुरु भएको छ । कपिलवस्तु, लुम्बिनी र रामग्रामका विभिन्न बिहार र गुम्बामा ९ विदेशीसहित २१ भिक्षु वर्षाबास बसेका छन् । भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले मंगलपाठ गरेर पूजाआजा गरी लुम्बिनीस्थित नव मैत्री महाबिहारमा दुई शिष्यसहित वर्षाबास शुरु गर्नु भएको छ । असारदेखि असोज पूर्णिमासम्म वर्षाबास हुन्छ । यो बेला भिक्षु भिक्षुणीलाई आवश्यक चीवर (पहेलो वस्त्र), खाने कुरा, ओढने ओछयाउने वस्त्र र औषधिमुलोका सबै खर्च उपासक उपासिकाले दान दिने चलन छ । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटी…
Read Moreकिन राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने ?
भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…
Read Moreबौद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सुरु
बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएको छ। प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनी सहित देशैभरका विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन्। भिक्षु तपस्समी धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ। भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो। बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान…
Read Moreहर्नामाडीमा ३० टनको ढुङ्गामा २५ फिट अग्लो बुद्ध मूर्ति बन्दै
हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को गुम्बाडाँडास्थित मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्धको ढुङ्गाको मूर्ति निर्माण गरिएको छ । पर्यटकीय पार्क मूर्ति बगैँचामा समुदायको सहभागितामा ३० टन बराबरको ढुङ्गाको शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको हो । बुद्धमूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्यले ढुङ्गामा बुद्ध भगवानको मुखाकृति कुँदेको जानकारी दिँदै ढुङ्गाको नेपालकै दोश्रो ठूलो बुद्ध मूर्ति निर्माणमा दुई करोड रुपियाँ खर्च भइसकेको र थप २५ लाख लाग्ने बताउनुभयो । ‘कलागाउँ’ को पहिचान बनाउँदै गरेको गुम्बाडाँडामा २०६९ सालमा हर्नामाडी कला प्रतिष्ठानद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला…
Read More