७० वर्षको उमेरमा जटिल भन्तेको निधन

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारका सस्थापक भन्ते जटिल बुधवार निधन भएको छ । म्यानमारको मचिनामा जटिलाराम विहारमा श्रद्देय जटिल महास्थविर बेलुका ७ः१५ बजे निधन भएको हो ।

जटिल भन्तेको बि.स. २००८ साल चैत २ गते म्यानमारको मोगोगमा जन्म भएको थियो । बि.स.२०५१÷१२÷२७ गते सोमबार बौद्ध धर्मको प्रबज्जा तथा उपसम्पदा दीक्षा ग्रहण गर्नुभएका भन्तेले म्यानमार र नेपालमा बौद्ध धर्मको शिक्षामा विशेष योगदान पुर्याउनु भएको छ ।

जटिल भन्तेले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा रहेको अन्तराष्ट्रिय उदय परियत्ती विहारको स्थापना वि.सं. २०५८ सालमा गर्नु भएको हो । जटिल भन्तेले साना साना झुपडीबाट निर्माण गरेको उक्त विहार अहिले बौद्ध शिक्षाको क्षेत्रमा महत्वपुर्ण विहारको रुपमा स्थापित भइसकेको छ ।

Share

Related posts