बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान–तपस्या गरेको सम्मानित ठाउँ हो– हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । ‘मारातिका भनेको मृत्युबाट मुक्ति हो,’ मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा प्रमुख खेन्पो कर्म वाङ्चुक शेर्पा प्रस्ट्याउनु हुन्छ, ‘गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो ।’ सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती)ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति अर्थात् कहिल्यै जन्मनु…
Read MoreAuthor: rinpoche
लमजुङको करापु गाउँमा नयाँ गुम्बा शिलान्यास
गण्डकी प्रदेश, लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ करापु गाँऊमा “करुणा धर्म चक्र बौद्ध गुम्बा“ निर्माणको शिलान्यास भएको छ । गुम्बा निर्माणको लागि लाल सुबा गुरुङको अध्यक्षतामा गुम्बा समिति गठन भएपछि जग्गा खोज्ने क्रममा करापु गाउँ निवासी गम्बुमान गुरुङ र क्या. कृष्ण बहादुर गुरुङले भूमि दान गर्नु भएको थियो । उहाँहरुले दान गर्नु भएको भूमिमा बृहत् साङ् (शुद्धिकरण) पुजा सहित भुमि शोधन तथा कलश थापना गरि गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । शिलान्यास कार्यक्रमको प्रमुख अथिति प्रदेश सभासद माननीय धनन्जय दवाडी र विशिष्ट अथिति राष्ट्रियसभा सदस्य दिपा गुरुङसहित उप–मेयर, वडाध्यक्ष…
Read Moreनेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो बुद्ध मूर्ति अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो
नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। लगन टोलको बौद्धबिहारबाट सो मूर्ति चोरी हुनुपूर्व खिचिएको तस्बिर र अहिले अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा रहेको मूर्तिको…
Read Moreमुगुका अग्नि पीडितको सहयोगका लागि बुद्धिस्ट फिल्म प्रदर्शन
मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ । शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए । संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ । दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले…
Read Moreभत्किएको १८८ वर्षपछि ठडियो काँक्रेबिहार मन्दिर
सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर पुरानै संरचनामा तयार भएको छ। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो। यो मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो। काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ। झण्डै २ सय वर्षसम्म भग्नावशेषको रूपमा रहेको यो मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए। १८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेका थिए। त्यतिमात्र होइन यो मन्दिर शिखर शैलीमा बनेको भन्ने पनि उनको शोधपत्रमा उल्लेख थियो। बस्न्यातले काँक्रेबिहार…
Read Moreमुगुका अग्नी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ
मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन् । २० घरका करिब ८० जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १८ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गदैछन् । भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन् । भिक्षु…
Read Moreगुरु रिन्पोछे जन्मदिन विशेषः १२ महिनाका दशमी तिथिका १२ लिला यस्ता छन्
चन्द्रमास पात्रो अनुसार हिमाली बौद्ध परम्पराका अनुयायीले आजको दिनलाई गुरु रिन्पोछेको जन्मदिनको रुपमा मनाएका छन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । गुरु रिन्पोछेका जीवनका १२ महिनाका १२ लिला प्रख्यात रहेका छन् । वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको…
Read Moreनेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्ध मूर्ति अमेरिकामा फेला
झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ । कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले मंगलबार जारी गरेको सूचनामा काठमाडौँको ओमबहालस्थित न्हूःछेँबहाबाट सन् १९८० को दशकमा चोरी भएको बुद्ध अक्षोभ्यको मूर्ति तिब्बत ग्यालरीमा पहिचान भएको हो। हाल तिब्बत हाउस युएसमा रहेको बुद्धको मूर्ति । तस्बिर ः लस्ट आर्टस्…
Read Moreबौद्ध क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ । गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो । विदेशी पर्यटकका लागि सम्पदा…
Read Moreकारागारका कैदीलाई बौद्ध धर्मदेशना
बौद्ध शिक्षा तथा सामाजिक बिकास केन्द्र नेपालको आयोजनामा कारागारमा कैदी जीवन विताइरहेकाहरुलाई दिइदै आएको बौद्ध धर्म देशना कार्यक्रम पुनः सुरु भएको छ । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको करिब डेढ वर्षपछि उक्त धर्मदेशना गएको शनिवारदेखि फेरि सुरु भएको हो । अहिले देशभर कोरोना संक्रमितको संख्यामा कमी आएपछि सरकारले लकडाउनका समयमा गरेका बन्देजहरु खुला भएपछि केन्द्रले शनिवारदेखि सुरु गरेको हो । धर्मदेशनाका क्रममा केन्द्रिय कारागारमा श्रद्धेय लामा गुरु आचार्य कर्मा संग्बो शेर्पा हुनु हुन्थ्यो भने कार्यक्रममा स्वागत मन्तव्य बिद्या सागर तुलाधर, धन्यबाद ज्ञापन राजेन्द्र थापा मगर र विजय रत्न तुलाधरले दिनु…
Read More