ङिङ्मा परम्पराका सर्वश्रेष्ठ गुरुको परिनिर्वाण

हिमाली बौद्ध परम्परा ङिङ्माका सर्वोच्च गुरु परमपूज्य दो डुपछेन् रिन्पोछेको बुधवार परिनिर्वाण भएको छ । भारतको सिक्किमस्थित दोद्रुप्चेन छोर्तेन मोनास्ट्र र ओरेगनस्थित तासी छोइलिङ सेन्टर फर बुद्धिस्ट स्टडिजले विज्ञप्ति जारी गर्दै चौथो दो डुपछेन् रिन्पोछेको परिनिर्वाणको घोषणा गरेको छ । दो डुपछेन रिन्पोछे तिब्बती बौद्ध धर्मको ङिङ्मा र जोग्चेन परम्पराका सबैभन्दा महत्वपूर्ण र समकालीन गुरुहरूमध्ये श्रेष्ठ हुनुहुन्छ । उहाँको परिनिर्वाणसँगै अहिले सिक्किम, उत्तरी भारतमा अहिले थुग्दम जारी छ । दो डुपछेन् रिन्पोछे र ग्याट्रल रिन्पोछेबीच विशेष सम्बन्ध रहेको छ । दुवै रिन्पोछेको भेट सानै उमेरमा भएको थियो । लामो समय…

Read More

दोलखामा गुम्बा बनाउन अन्तिम तमुस्योको अभियान

दोलखामा गुम्बा निर्माणका लागि आवश्यक रकम संकलनका लागि सुरु गरिएको १८ दिने अभियानको समापन भएको छ । गुम्बा निर्माण लागि आर्थिक संकलनको नेतृतव बेलायतमा रहेकी अन्तिम तमुस्योले गरेकी थिइन् । कुन्सल थोङ्ड्रोलिङ गुम्बा पुनःनिर्माणका लागि गरिएको अभियानबाट १६ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम टुल्कु साम्तेन रिन्पोछे र गुम्बा व्यवस्थापन समितिका अध्यक्ष खेनरिन्पोछे सोनाम वाङ्गेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जालबाट आह्वान गरी सुरु भएको आर्थिक संकलनमा विभिन्न देशमा रहेका शुभेच्छुकहरुले सहयोग गरेका थिए । बेलायतमा रहँदै आएकी अन्तिम तमुस्यो बौद्ध धार्मिक गतिविधि र…

Read More

‘फादर अफ माइन्डफुलनेस’ उपाधि प्राप्त बौद्ध भिक्षु हानको निधन

‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ । ९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ । जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको विरोधी बनेर आध्यात्मिक यात्राबाट शान्तिको महाअभियानमा लाग्नुभएको थियो । उहाँले इंगेज्ड बुद्धिज्मको अवधारणा मार्फत बुद्ध धर्मको प्रचार गर्नुभएको थियो । पश्चिमा मुलुकमा अग्रगामीको रूपमा बुद्ध धर्मको फैलाउनु भएका उहाँले फ्रान्समा प्लम गाउूमा गुम्बा स्थापना गरेर…

Read More

बौद्ध संघ भक्तपुरले मनायो स्वर्ण जयन्ती

बौद्ध संघ भक्तपुरले शनिवार संघ स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको कुथुबही (मिनिबस पार्क) मा भव्यरुपमा मनाइएको हो । बौद्ध संघ भक्तपुर स्थापना गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा बुद्ध शिक्षामा युवा सहभागिता आजको आवश्यकता भने नारा सहित एकदिने कार्यशाला गोष्ठी पनि गरिएको थियो । कार्यक्रम बौद्ध संघ भक्तपुरका अध्यक्ष्य त्रिरत्न शाक्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा श्रद्धेय भन्ते निग्रोध महास्थविर, डा. त्रिरत्न मानन्धर, डा. केशवमान शाक्य र टि.बि. पुनमगरको उपस्थिति रहेको थियो । स्वर्ण जयन्तीको उपलक्ष्यमा पहिलो पटक भक्तपुर बौद्ध संघमा…

Read More

तपस्सी धम्म भिक्षु जीवनमा प्रवेश गरेको ३९ वर्ष पुरा, चारुमती विहारलाई देशकै प्रमुख सम्पदा बनाउने योजना

श्रीलंका, बर्मा र इरानसम्म पुगेका सम्राट अशोकका प्रतिनिधि काठमाडौँ आएकोमा भने आशंका गर्नु कुतर्क भएको भिक्षु तपस्सी धम्मको भनाई छ । नेपाल बुद्धिष्ट न्यूजको अनलाइन टेलिभिजन एनबी टीभीको एनबी टकमा बोल्दै चारुमती बुद्ध विहारका प्रमुख समेत रहनु भएका भिक्षु धम्मले सम्राट अशोकका प्रतिनिधि नेपाल आएकोमा आशंका गर्नु बेकार भएको बताउनु भएको हो । चावहिलमा रहेको चारुमती स्तुप काठमाडौँ उपत्यका भित्रै प्राचीनमध्येको एक सम्पदा भएको भिक्षु धम्मले जिकिर गर्नु भयो । स्तुप चर्किएका बेला भएको उत्खननमा धेरै प्राचीन अभिलेख भेटिएको बताउँदै त्यसको अध्ययनतर्फ सम्बन्धित निकायले चासो नदिएको पनि उहाँले गुनासो गर्नु…

Read More

लुम्बिनीको खोज र यसको व्यापकता

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ।पु।२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले ‘हिन्द बुधे जाते शाक्यमुनीति’ ९यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो० भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रूपमा लुम्बिनीमा पाउन सकिन्छ ।…

Read More

लुम्बिनीमा ८ दिने ऋषिनी प्रवज्या सम्पन्न

तथागत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा तेस्रो ऋषिनी प्रवज्या सम्पन्न भएको छ । राजकीय थाई विहार, लुम्बिनी र विश्वशान्ति विहार, काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको ८ दिने प्रवज्या आइतबार सम्पन्न भयो । थेरवाद बौद्ध परम्पराअनुसार ७२ जना महिला सहभागीलाई बौद्ध धर्मबाट दिक्षीत गरिएको थियो । विपश्यना र चक्रमन ध्यानसमेत सिकाइएको थियो । विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले ध्यान सिकाउदै विपश्यना र चक्रमन ध्यान मानव जीवनको लागि आवश्यक भएको बताउनुभयो । थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले यस्तो प्रवज्या कार्यक्रमले बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो । सहभागिहरुलाई लुम्बिनी,…

Read More

बौद्ध दर्शनका विशेषता र यसका आयाम

बुद्ध दर्शनमा आनन्द र अनुभूतिलाई आदरका साथ हेरिन्छ । शाल्पा तेन्जिन रिन्पोछेले प्रत्येक स्वासमा आनन्द शिर्षकमा किताब लेखेका छन् । यसैले बौद्ध दर्शनले आनन्द अनुभूतिलाई महत्व दिएको दिएको छ । शाल्पा एक ठाँउमा लेख्छन्– ‘जीवन साच्चै महत्वपूर्ण मौका हो । यदी हामी सम्पूर्णतामा बाँच्न चाहन्छौं भने हाम्रो चाहनाबारे स्पष्टत हुन जरुरी छ । हाम्रो उद्धेश्यको परिक्षण गरेर प्रत्येक क्रियाकलाप गर्नु सर्वोत्तम हो । शाल्पाले भने जस्तै हाम्रो उद्धेश्य निर्धारण हुन जरुरी छ । सहि उद्धेश्यले हाम्रो जीवनलाई सहज बनाउन सक्छ । खुशी कुनै निरपेक्ष विषय होइन । खुशीको लागि असल…

Read More

माघ १ गते स्वयम्भूमा एकदिने ध्यान शिविर हुँदै (भिडियो अन्तरवार्ता सहित)

बौद्ध धर्मगुरु आचार्य लामा कर्मा साङ्बोले नियमितरुपमा गर्दै आउनु भएको एक दिने ध्यान शिविरको अर्को कार्यक्रम माघ १ गते शनिवार हुँदैछ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा हुने आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो । ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइन्छ । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिने आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनु भयो । Click For Interview धर्मगुरु आचार्य कर्मा साङ्बोले यसपटक देखि प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान कार्यक्रम गर्ने…

Read More

तमु ल्होसार मनाउँदै गुरुङ समुदाय

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा…

Read More