गण्डकी प्रदेश, लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ करापु गाँऊमा “करुणा धर्म चक्र बौद्ध गुम्बा“ निर्माणको शिलान्यास भएको छ । गुम्बा निर्माणको लागि लाल सुबा गुरुङको अध्यक्षतामा गुम्बा समिति गठन भएपछि जग्गा खोज्ने क्रममा करापु गाउँ निवासी गम्बुमान गुरुङ र क्या. कृष्ण बहादुर गुरुङले भूमि दान गर्नु भएको थियो । उहाँहरुले दान गर्नु भएको भूमिमा बृहत् साङ् (शुद्धिकरण) पुजा सहित भुमि शोधन तथा कलश थापना गरि गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

शिलान्यास कार्यक्रमको प्रमुख अथिति प्रदेश सभासद माननीय धनन्जय दवाडी र विशिष्ट अथिति राष्ट्रियसभा सदस्य दिपा गुरुङसहित उप–मेयर, वडाध्यक्ष लगायतको सहभागिता थियो ।
लमजुङको करापु गाउँमा नयाँ गुम्बा शिलान्यास



