बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक ’द जोय अफ लिभिङ’को नेपाली अनुवाद ’जिउनुको मज्जा’ लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् । ’ह्याप्पी म्यान अफ द वर्ल्ड’को रूपमा समेत चिनिनु भएका रिम्पोछेको सो पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्तरूपमा लोकार्पण गरेका हुन् । ’आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित गर्छ,’ पन्तले पुस्तकबारे भने, ’जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा…
Read MoreAuthor: rinpoche
बौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले २६ सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन्। बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्न सके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको…
Read Moreलुम्बिनी बौद्ध विश्वविद्यालयमा त्रियान प्रज्ञा सम्मेलन हुने
लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्धि विषयमा ६ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत आउने जनाइएको छ । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको…
Read Moreमिलारेपा–गुफाको यादमा
लीला न्याइच्याईं हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं । लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा अघिदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् । भनिन्छ– प्रसिद्ध बौद्ध गुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका हुन् । मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरु थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । फुन्चोक स्टोबडानको किताब ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरूमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरु मिलारेपा र मारपाको प्रभाव छ ।’ एउटा कथाले भन्छ–…
Read Moreयसकारण राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने
भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…
Read Moreमहाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित
बज्रयानी बौद्ध परम्परामा वार्षिक महांकाल पूजाले विशेष महत्व राख्छ । विभिन्न बौद्ध विहार र गुम्बाहरूमा भइरहेको यो पूजाको केन्द्र काठमाडौं उपत्यका भए पनि त्यसको प्रभाव अन्य भूगोलमा फैलिरहँदा यहाँ भने पूजा खुम्चिएर पारिवारिक बन्दै गएको छ । आध्यात्मिक इतिहासको पाटोका रूपमा रहेको परम्परा जोगाउन यथोचित प्रयास हुनु जरुरी छ । बज्रयानी बौद्ध धर्म, संस्कृति र परम्परामा महांंकाल पूजा हुने गरेको छ । विभिन्न महांकाललाई धर्मको रक्षार्थ धर्मपालको रुपमा तान्त्रिक गुह्य पूजा हुँदै आएको छ । तिब्बत जान आकाशमा उडिरहेका बज्रवीर महांकाललाई काठमाडौंका मन्त्रसिद्धि विहारका बौद्धतान्त्रिक शाश्वत बज्र बज्राचार्यले चर्या नृत्य…
Read Moreबौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झाैतापत्रमा हस्ताक्षर गरे । फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बकाे बुद्ध मूर्ति राखिएको थियो । दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन् । सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने…
Read Moreएकदिने समथ र विपश्यना ध्यान सम्पन्न
धर्मगुरु आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा एकदिवसीय समथ तथा विपश्यपना ध्यान सम्पन्न भएको छ । आइतवार काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा भएको ध्यान कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो । ध्यान साधनामा सहभागि धर्मावलम्वीले कार्यक्रम एकदमै उपलव्धिमूलक रहेको बताए । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा वज्रधार लघु प्रार्थना, परिणाम्न प्रणिधान, बुद्धका १२ चरित्र स्तुति, सर्वज्ञ पाँचौ श्यामरपाद्वारा रचित सुदूर गुरु अध्येषणा लगायत पाठ गरिएको थियो । धर्मगुरु आचार्य कर्मा साङ्बोले प्रत्येक महिनाको पूर्णिमा दिन ध्यान कार्यक्रम गर्ने गरी गत महिनादेखि समथ तथा विपश्यपना ध्यान सुरु…
Read Moreस्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष
हिमेश | नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको परम्पराअनुसार स्वयम्भू महाचैत्यको यो १४ औं जीर्णोद्धार थियो । चौथो शताब्दीमा निर्माण भएको विश्वास गरिएको स्वयम्भू महाचैत्यको यो नै अन्तिम जीर्णोद्धार हो । पछिल्लो भूकम्पपछि भने स्वयम्भू महाचैत्यमा मर्मतको काम मात्र भएको थियो । नेपाल संवत् १०३८ बाट सुरु भएको त्यो जीर्णोद्धार तीन वर्षपछि…
Read Moreलुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् । विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ उनले विश्वमा कुनै पनि देशले…
Read More