चन्द्रमास पात्रो अनुसार हिमाली बौद्ध परम्पराका अनुयायीले आजको दिनलाई गुरु रिन्पोछेको जन्मदिनको रुपमा मनाएका छन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । गुरु रिन्पोछेका जीवनका १२ महिनाका १२ लिला प्रख्यात रहेका छन् ।
वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोछेण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली छेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रछो एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । गुरु रिन्पोछेसँग दशमी तिथिको अनौठो संयोग रहेको छ । १२ महिनाका १२ वटै दशमीमा उहाँका विभिन्न लिलाहरु रहेका छन् । जुन यसप्रकार रहेको छ ।
(१) पहिलो महिनाको दशमी (होरदा दङ्पो) गुरु रिन्पोछे शितल बनको छतमा जानु भई त्यहा“को डाकिनी तथा भुतप्रेतहरु लाई वशमा राख्नुभएको थियो ।
(२) दोस्रो महिनाको दशमी (होर दा ञिपा) गुरु प्रभाहस्ती बाट भिछेुको शील लिनु भएको थियो ।
(३) तेस्रो महिनाको दशमी (होर दा सुम्प) सहोर राजाले गुरुलाई अग्नि कुण्डमा जलाउँदा आगो सबै जलमा परिणत गरिएको शक्ति देखाउनु भएको थियो ।
(४) चौथो महिनाको दशमी (होर दा स्यिपा) मा ओडियानाको राजाले गुरु रिन्पोछे र मेन्दारावालाई एकै साथ आगोमा जलाउँदा दुवैलाई केही नभएको शक्ति देखाउनु भएको थियो ।
(५) पाँचौ महिनाको दशमी (होर दा ङापा) मा दछिेण भारतमा बुद्ध धर्म विरोधी तैथिकहरुलाई नाश गरी विजय प्राप्त गर्नु भएको थियो ।
(६) छैटौं महिनाको दशमी (होर दा ठुग्पा)मा गुरु रिन्पोछे कमलको फुलबाट जन्म लिनु भएको थियो ।
(७) सातौ महिनाको दशमी (होर दा दुन्पा) मा तैथिकको राजाले ठूलो तामाको भाँडामा हाली गंगा नदीमा फल्दा आकाशमा उडेर शक्ति देखाउनु भयो ।
८) आठौ महिनको दशमी (होर दा ग्यापा) मा बुद्धधर्मलाई मन नपराउने तैथिकहरुले गुरुलाई विष दिंदा पनि गुरुलाई केही नभई गुरुको शरीर अझ राम्रो र उज्वल भएको थियो ।
(९) नवौ महिनाको दशमी (होरदा गु पा) मा नेपालको फर्पिङ् (यङ्लेशो) मा गई त्यहाँको नाग र भुतप्रेतलाई आफ्नो अधिनमा लिनु भएको थियो ।
(१०) दशौं महिनाको दशमी (होर दा च्युपा) मा गुरु रिन्पोछे भोटमा गई भोटको हेवुरी डाँडामा बसी त्यहाँको देव देउता र भुतप्रेतलाई आफ्नो वसमा लिनु भएको थियो ।
(११) एघारौ महिनाको दशमी (होर दा च्युच्यीग्पा) मा गुरु रिन्पोछेले भोटको धेरै ठाउँमा गएर भविष्यमा प्राणीको हितको लागि बिभिन्न धर्म निधिहरु लुकाएर राख्नु भएको थियो ।
(१२) बाह्रौ महिनाको दशमी (होर दा च्यु ञिपा) मा चमरद्वीप (स्हङ्दोग् पल्री) मा गएर त्यहाँको राछेसलाई वसमा लिई बुद्धधर्ममा प्रबेश गराउनु भएको थियो भनि बताउनु भएको छ ।