कारागारका कैदीलाई बौद्ध धर्मदेशना

बौद्ध शिक्षा तथा सामाजिक बिकास केन्द्र नेपालको आयोजनामा कारागारमा कैदी जीवन विताइरहेकाहरुलाई दिइदै आएको बौद्ध धर्म देशना कार्यक्रम पुनः सुरु भएको छ । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको करिब डेढ वर्षपछि उक्त धर्मदेशना गएको शनिवारदेखि फेरि सुरु भएको हो । अहिले देशभर कोरोना संक्रमितको संख्यामा कमी आएपछि सरकारले लकडाउनका समयमा गरेका बन्देजहरु खुला भएपछि केन्द्रले शनिवारदेखि सुरु गरेको हो ।

धर्मदेशनाका क्रममा केन्द्रिय कारागारमा श्रद्धेय लामा गुरु आचार्य कर्मा संग्बो शेर्पा हुनु हुन्थ्यो भने कार्यक्रममा स्वागत मन्तव्य बिद्या सागर तुलाधर, धन्यबाद ज्ञापन राजेन्द्र थापा मगर र विजय रत्न तुलाधरले दिनु भएको थियो । त्यस्तै भद्रवन्दी गृहमा श्रद्धेय लामा गुरु छितेन नोर्गेले धर्मदेशना दिनु भएको थियो । यसैगरि महिला वन्दी गृहमा आनीला जेचुन साङ्गे खाँडो रिन्पोछे हुनुहुन्थ्यो भने कार्यक्रम माथि बिषय प्रवेश, स्वागत तथा धन्यबाद मन्तव्य सबै सह आयोजक रोशना तुलाधरले दिनु भयो ।

धर्मदेशना कार्यक्रमलाई हरेक महिनाको पहिलो र तेस्रो शनिवार गरिने बौद्ध शिक्षा तथा सामाजिक केन्द्र नेपालका महासचिव विजयरत्न तुलाधरले बताउनु भयो । यस धर्म देशनाको सम्पुर्ण कार्यक्रमहरुको आयोजना र संयोजन केन्द्रका महासचिब बिजयरत्न तुलाधर तथा रोशना तुलाधरले व्यक्तिगतरुपमा गर्दै आउनु भएको छ । सहयोगीको रुपमा बिद्यासागर तुलाधर, कुमार रंजित, नानी शोभा तुलाधर, रामकृष्ण महर्जन लगायत हुनुहुन्छ । कारागारा भित्र गएर धर्मदेशनाका लागी यो समूहलाई विभिन्न लामा गुरु, भन्तेहरुले साथ दिदै आइरहुन भएको छ ।

केन्द्रले धर्मदेशना बाहेक धार्मिक तथा सामाजिक कार्य अन्तर्गत आँखा शिविर, दाँत शिविर, प्रसुति शिविर, स्वास्थ्य शिविर, पुस्तकालय सपोर्ट, पुस्तक वितरण, इन्साइक्लोपिडियो वितरण, बुद्ध प्रतिमा वितरण, १ दिने सेमिनार लगायतका कार्यक्रम गर्ने गरेको छ ।

यसैक्रममा काठमान्डौको सुन्धारामा अवस्थित जगन्नाथ देवल परिसरमा रहेको ३ वटा वन्दीगृह (भद्रवन्दी गृह, केन्द्रिय कारागार तथा महिला वन्दी गृहमा) गत २०७४ सालको असार महिनाको पहिलो शनिबार देखि हरेक महिनाको १ पटक पहिलो शनिबार नियमित धर्मदेशना कार्यक्रम संचालन सुरु गरिएको हो ।

Share

Related posts

Leave a Comment