बौद्ध धर्मगुरु आचार्य लामा कर्मा साङ्बोले नियमितरुपमा गर्दै आउनु भएको एक दिने ध्यान शिविरको अर्को कार्यक्रम माघ १ गते शनिवार हुँदैछ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा हुने आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो ।
ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइन्छ । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिने आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनु भयो ।
Click For Interview
धर्मगुरु आचार्य कर्मा साङ्बोले यसपटक देखि प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान कार्यक्रम गर्ने गरी समथ तथा विपश्यपना ध्यान शिविर गर्दै हुनुहुन्छ । यसअघि उहाँले हरेक महिनाको पूर्णिमाका दिन ध्यान शिविर गर्दै आउनु भएको थियो । अघिल्लो महिनाको ध्यान कार्यक्रम बौद्धमा आयोजना भएको थियो । समथ तथा विपश्यपना साधनाको गर्नुको उद्देश्य गौतम बुद्धले दिनु भएको ज्ञान, दर्शन र ध्यानलाई आम सर्वसाधारणमा पुर्याउनु रहेको आचार्य कर्मा साङ्बोको भनाई छ ।
ध्यान शिविरमा सहभागि हुन चाहनेले यी नंवरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ ।
9851193657
9851041513



