बुधवार दिउँसो थाइल्याण्डको बैंककबाट काठमाडौं आउनुभएका बौद्ध धर्मगुरु रबजाम रिम्पोेछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष र सुरक्षा उपलब्ध गराइएको छ । बौद्धस्थित सेचेन गुम्बाको निमन्त्रणामा काठमाडौं आउनुभएका धर्मगुरु रिम्पोछेलाई सोही गुम्बाको आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त सुविधा प्रदान गर्न गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । बुधवार दिउँसो साढे १२ बजेको समयमा थाइ स्माइल एअरको उडान नम्बर डब्लुई ३१९ बाट आउनुभएका रिम्पोछे महान शान्ति पूजामा काठमाडौं आएको मन्त्रालयको पत्रमा उल्लेख छ । गुम्बाले माघ २५ गते मन्त्रालयलाई लेखेको पत्रमा रिम्पोचेले यसअघि नेपाल आउँदा पनि…
Read MoreAuthor: rinpoche
भिक्षु तपस्सी धम्म प्रवजित भएको ४० वर्ष पुरा, सम्मान कार्यक्रम गरिदैं
भिक्षु तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुरा भएको छ । उहाँ प्रवजित भएको ४० वर्ष पुरा भएको अवसरमा काठमाडौँमा चावहिलमा भिक्षु महासंघले पवित्र परित्राण, आशिरवाद, पाठ पूजा र पूण्यको कार्यक्रम रहेको छ । भिक्षु धम्मको सम्मानमा हुन लागेको विशेष कार्यक्रम फागुन ९ गते हुँदैछ । चावहिस्थित चारुमति स्तुप परिसरमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजना चारुमती बुद्ध विहारले गरेको हो । भिक्षु धम्म चारुमती बुद्ध बिहारका प्रमुख हुनुहुन्छ ।
Read Moreविश्व सुख शान्ति बौद्ध विहारमा १० दिने विपश्यना सुरु
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित विश्व सुख शान्ति बौद्ध विहारमा १० दिने विपश्यना ध्यान शिविर सुरु भएको छ । फागुन ३ गते बुधवारदेखि सुरु भएको ध्यान शिविर फागुन १२ गते शुक्रवारसम्म जारी रहनेछ । विहारमा जारी नवौ १० दिवशीय विपश्यना ध्यान शिविर बर्माबाट आउनु भएका प्रज्ञा रस्मीको अगुवाईमा भइरहेको छ । ध्यान शिविरको आयोजक विश्व सुख शान्ति बौद्ध विहार सेवा समिति रहेको छ ।
Read Moreदोलखामा २ गुम्बाको उद्घाटन
दोलखास्थित मार्बु छम्बा गुम्बाका प्रमुख लामा खेन्पो पेमा छेरिङ शेर्पाूले दक्षिण भारत मैसूर नाम्डोलिङ गोन्पाबाट शिक्षा हासिल गर्नु भई जन्मस्थल दोलखा जिल्ला, गौरीशंकर गाँउपालिका वाड न. ७ मा आफ्नै अगुवाई र अथक प्रयासबाट छम्बा गुम्बा र यार्जाङ गुम्बा गरी दुईटा गोन्पाको निर्माण सम्पन्न गर्नु भएको छ । गोन्पा उद्घाटनका लागि मैसुर गोन्पाका प्रमुख परम् पूजनिय धर्मगुरू छ्योग्टुल ग्याङ्खाङ् रिन्पोछ्येज्यू लाई आमन्त्रण गरी माघ २७ गते छम्बा गुम्बा र २८ गते यार्जाङ गुम्बाको प्राण प्रतिष्ठान (राब्ने) पूजा, र आयुभिषेक, शरणगमनको शील प्रदान आदि धार्मिक र संस्कृतिक कार्यक्रमहरु भई गुम्बाको समुद्घाटन भव्य…
Read Moreकपनमा विश्वप्रशिद्ध बौद्ध गुरुबाट फोवा साधना शिविर हुने
२०७९ चैत्र २ देखि ८ गते तदनुसार सन् २०२३ मार्च १६ देखि २२ सम्म काठमाडौँंको कपनस्थित “श्री अमिताभ फाउन्डेशन ध्यान–साधना केन्द्र“ मा विश्व प्रसिद्ध फोवा (उत्क्रान्ति) गुरू शरणनायक गुरूवर क्याब्जे आयाङ रिन्पोछेज्यूद्वारा एक साता लामो विशेष फोवा साधना शिविर संचालन गर्नु हुने भएको छ । फोवा साधना एक अद्भूत, द्रुतगामी तथा गम्भीर मन्त्रयान साधना विधि हो । परमपूज्य गुरू आयाङ रिन्पोछेज्यूद्वारा आफ्नो मूल गुरूहरू परमपावन दलाई लामा, १६ औं कर्मापा राङज्युङ रिग्पी दोर्जे र महागुरू क्याब्जे दुज्योम रिन्पोछेहरुले यस फोवा अभ्यासलाई निरन्तर रूपमा प्रचारप्रसार गरेमा बुद्ध शिक्षाको विस्तार एवं प्राणी…
Read Moreधर्मगुरु खेन रिन्पोचेद्वारा मोन्लम डोन्डो गुरुयोग पाठको लुङ आगम् प्रदान
माघ २८ गते शनिवार श्रद्धेय धर्मगुरु खेन रिन्पोछे साङ्गे राङ्जुङज्युको मुखारविन्दबाट दैनिक मोन्लम ङोन्डो गुरुयोग पाठको लुङ आगम् प्रदान गरिएको छ । लुङ आगम् प्रदान गर्ने कार्यक्रममा उल्लेख्य धर्मावलम्वीको सहभागिता रहेको थियो । लुङ आगम् प्रदान कार्यक्रम विहान ११ः१५ बजे थोईसम गोङफेल्लिङ बौद्ध र दिउँसो १ बजे बौद्ध दर्शन केन्द्र भक्तपुर, सूर्यविनायकमा भएको थियो ।
Read Moreलुम्बिनीमा रामकथा वाचनमा बौद्धमार्गी असन्तुष्ट, जुममार्फत् भत्र्सना
लुम्बिनीमा भइरहेको रामायण वाचन कार्यक्रमप्रति बौद्ध समुदायले चर्को विरोध जनाइरहेको छ । यसै सन्दर्भमा बिहिवार साँझ जुममार्फत् नेपाल, थाइल्याण्ड, अमेरिका, बेलायत, इजरायल लगातका विभिन्न मुलुकमा रहेका बौद्धमार्गीहरुले अन्तरक्रियात्मक कार्यक्रम गर्दै विरोध र असन्तुष्टि जनाए । अन्तरक्रिया कार्यक्रम लुम्बिनी परिसरभित्र मोरारी बापुको रामकथा वाचन, बौद्ध सम्पदामाथिको अतिक्रमण विषयमा भएको थियो । कार्यक्रममा डा. केशवमान शाक्य, विवेक शर्मा, बसन्त महर्जन, टि.बि. पुन, कश्यप भन्ते लगायतका वक्ताहरु सहभागि थिए । कार्यक्रमका वक्ताहरुले हिन्दु लगायतका अन्य समुदायबाट हुने यस्ता किशिमका गतिविधिले कालान्तारमा बौद्ध धर्म र संस्कृति अतिक्रमणको चपेटामा पर्ने उल्लेख गरेका थिए । जुममार्फत्…
Read Moreदक्षिण कोरियाका बौद्ध तिर्थयात्रीले नेपाल र भारतमा ११ सय किलामीटर यात्रा गर्ने
दक्षिण कोरियाका १०८ जना तीर्थयात्रीले नेपाल र भारतमा ११ सय किलोमिटर लामो बौद्ध यात्रा गर्ने भएका छन् । उनीहरुले नेपालको लुम्बिनी र भारतको उत्तर प्रदेशमा पर्ने उक्त दूरी ४३ दिनमा पूरा गर्ने कार्यतालिका बनाएको बताइएको छ । यो यात्रा बिहिवारबाट शुरु भएर चैत ९ गते पूरा हुनेछ । नेपालको लुम्बिनीदेखि भारतका सारनाथसम्मको बुद्ध सर्किट उनीहरुले पैदल यात्राबाट सम्पन्न गर्ने निधो गरेका हुन् । भारतीय सूचना तथा प्रशारण मन्त्रालयका सचिव अपूर्व चन्द्रका अनुसार भारत र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको अवसरमा उक्त कार्यक्रम तय गरिएको हो । उत्तर प्रदेशको सारनाथबाट…
Read Moreचाँगुनारायणमा बुद्ध विहार शिलान्यास
भक्तपुरको चाँगुनारायण नगरपालिका वार्ड नं स्थित न्वागल टोलमा सद्धम्मजोति बुद्ध विहार भूमी शुद्धिकरण तथा विहारका लागि जग्गा दान गरिएको छ । शनिवार भिक्षु संघबाट सिमा समूह कम्मवाचा कार्य अर्थात् भूमि शुद्धिकरण गरिएको हो । कार्यक्रममा पञ्चशील प्रार्थना, परित्राण पाठ र धर्मदेशना पनि गरिएको थियो । कार्यक्रममा बर्माबाट आउनुभएका भिक्षुहरु पनि सहभागि हुनुहुन्थ्यो । विहार निर्माणको काम भिक्षु तिस्स स्थविरको नेतृत्वमा भइरहेको छ । विहारका लागि आवश्यक जग्गा स्थानीय भरतबहादुर घलेले प्रदान गर्नु भएको हो । ५ तलाको डिजाइन रहेको विहारमा धर्मदेशना हल, ध्यान केन्द्र लगायत निर्माण गरिने छ । विहार…
Read Moreकाभ्रेको रोशीमा टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेद्वारा छेवाङ प्रदान
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माघ २२ गते आइतवार एक विशेष बौद्ध कार्यक्रम आयोजना गरि छेवाङ प्रदान गरिएको छ । रोशी गाउँपालिकाको वडा नं ११ स्थित कालोढुंगा, डम्फुपार्कमा परम पावन धर्मगुरु टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ (आयू अभिषेक) र शरण गमनको शिल प्रदान गर्नु भयो । कार्यक्रममा करिब १ हजार स्थानीय सहभागि थिए । कार्यक्रमको आयोजक टाशी चुम्लाखाङ गुम्बा अध्ययन केन्द्र रहेको छ । उक्त कार्यक्रमलाई हिमालयन बौद्ध सम्भोटा लिपी प्रशिक्षण केन्द्रले समन्वय गरेको हो । त्यस्तै सहयोगीका रुपमा रोशी गाउँपालिका रहेको थियो ।
Read More