भिक्षु तपस्सी धम्मको सम्मानमा विशेष कार्यक्रम

भिक्षु तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुरा भएको अवसरमा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरी भिक्षु धम्मको सम्मान गरिएको छ । मंगलवार आयोजित सम्मान कार्यक्रममा भिक्षु महासंघले पवित्र परित्राण, आशिरवाद, पाठ पूजा र पूण्यको कार्यक्रम समेत गरेको थियो ।

श्रद्धेय भिक्षुगण र गुरुमांहरुको आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय धम्म शोभन महास्थविरबाट पञ्चशील, महासचिब भन्ते धर्मगुप्त महास्थविरबाट धर्म देशना, विहारका परमानन्द शाक्यबाट स्वागत मन्तव्य, वडा नं ७ का अध्यक्ष बिमल कुमार होडा, धर्मोदय सभाका महासचिब सागर मान बज्राचार्य र श्रुति राइले शुभकामना सन्देश दिनु भएको थियो ।

चारुमती बुद्ध विहारका प्रमुख तथा चारुमती बुद्धिस्ट मिसन – नेपालका संस्थापक अध्यक्ष श्रद्धेय तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुगेको अवसरमा विहारको वेभसाइट पनि सञ्चालनमा ल्याइएको छ । वेभसाइटलाई श्रीलंकाका उपासक बुद्धिका संजिवाले निर्माण गर्नु भएको हो । कार्यक्रममा भिक्षु संघलाई अष्टपरिस्कार अर्पण, विहारका उपासक उपासिकाहरुबाट भिक्षु धम्मलाई शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा अन्त्यमा भिक्षु धम्मले कार्यक्रमको आयोजना गरी सम्मान गरिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विजयरत्न तुलाधरले गर्नु भएको थियो । कार्यक्रमको आयोजना चारुमती बुद्ध विहारले गरेको हो ।

Share

Related posts

One Thought to “भिक्षु तपस्सी धम्मको सम्मानमा विशेष कार्यक्रम”

  1. Interesting perspective, the part about vintage looks was researched well, very practical advice.

Leave a Comment