काठमाडौँको बौद्ध तीनचुलीस्थित नाम्गेल ज्याङछुब छोयलिङ गुम्बामा आज हुने भनिएको श्हाङ्च्यो मोन्लमको ल्हुङ (आगम) प्रदान कार्यक्रम विशेष कारणवश स्थगित गरिएको छ ।
गुम्बाले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गर्दै ल्हुङ अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ । आज दिउँसो २ बजेदेखि सुरु हुने गरि ल्हुङ कार्यक्रमको आयोजना गरिएको थियो ।

