बागलुङको रायडाँडा हलहलेमा बुद्ध विहार निर्माणका लागि ४ रोपनी जग्गा दानबाट प्राप्त भएको छ । बरेङ बुद्ध विहार निर्माणका लागि युकेमा रहेका दुर्गा सलामी मगरले ४ रोपनी जग्गा दान गर्नु भएको हो ।
विहार निर्माणका लागि बिहिवार ११ सदस्यीय बुद्ध विहार निर्माण समिति समेत गठन गरिएको छ । श्रध्देय भिक्षु मेण्ड्ङकर स्थविरको संरक्षकत्वमा विहार निर्माण हुनेछ । विहार निर्माण भएपछि यस क्षेत्रमा बुद्ध धम र ज्ञानको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ ।




