शुक्रबार नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् । भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । नेपाल बसाईका क्रममा उनीहरुले उनीहरूले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तयारी रहेको बताइएको छ । राजा र रानीको भमणका लागि आवश्यक सबै सुरक्षा सुरक्षा प्रबन्ध मिलाइ सकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका…
Read MoreAuthor: rinpoche
धम्मवती गुरुमालाई मानार्थ विद्यावारिधि
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मनुभएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।
Read Moreभुजहवा पञ्चशील बुद्ध विहारमा धम्म दीक्षा
नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशील बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट् अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ । विश्व बौद्ध धम्म संघ नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट् अशोकले पूज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको छ । सम्राट अशोकले शस्त्र अस्त्र परित्याग गरेको दिन भएकाले यस दिनलाई अशोक विजयादशमी…
Read Moreलुम्बिनी–तिलौराकोट सडकलाई बोधिवृक्ष करिडोर बनाइने
बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट–लुम्बिनी सडकको दुबैतर्फ बर–पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् । पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो । पीपल, निम, तुलसी अभियान…
Read Moreनेपाल बौद्ध महासंघको ७ औं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध महासंघको सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । आचार्य नुर्वु शेर्पाको संयोजकत्वमा सदस्यहरु मुकुन्द विष्ट, ङिमा तेन्डुप शेर्पा, ङिमा याङ्छेन ह्योल्मो र सुरेश केसी गरी पाँच सदस्य निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको आवश्यक पदमा ञिङमा, काग्यु, साक्य र गेलुग चारै परम्पराबाट १०, १० जनाको नाम प्रस्ताव गरिएको थियो । निर्वाचन मण्डलले सर्वसम्मतबाट अध्यक्षमा नोर्बु थुन्डु शेर्पा, उपाध्यक्षमा ग्युर्मे सोनाम तामाङ, महासचिवमा पेमा दोर्जे तामाङ, कोषाध्यक्षमा पेमा दोन्देन गुरुङ, सचिवमा छिरिङ झाङमो लामा, सहित पासाङ दोर्जे लामा, मिङमार मगर, धोङाग तेन्जिन लामा, छोवाङ…
Read Moreनेवार बौद्धमार्गीले पञ्चदान पर्व मनाउँदै
काठमाडौं उपत्यकाका वौद्ध नेवार समुदायले आज शनिवार पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भाद्र कष्ण त्रयोदशी तिथिमा बौद्ध नेवार समुदायले पञ्चदान पर्व मनाउने गरेका छन् । यस दिन उपत्यकामा आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ । काठमाडौंको स्वयम्भू महाचैत्यमा यसदिन दान दिने र लिनेको ठूलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।…
Read Moreदेउतालाई आराम दिन १ महिना गाउँ छाड्ने चलन
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ । दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा…
Read Moreबुद्धको मावली गाउँमा भेटिएको प्राचीन इनार
स्थानीयहरुले बुद्ध मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाँडाँमा प्राचिन साढे तीन फिट गहिरो ईट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यहि जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन ईट्टाको इनार भेटिएको हो । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा रुपन्देहीको देवदहस्थित खयरडाडाँमा इँट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । यसपटकको उत्खननमा भने २ मिटर चौडाई र साढे ३ मिटर गहिरो इँट्टाको प्राचिन इनार भेटियो । इनारको पूर्ण आकार भेटिएपछि खयरडाँडा प्राचिन एवं…
Read Moreलन्डनमा भव्य रुपमा मनाइयो बुद्ध जयन्ती
लन्डन– दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौँ नेपाली तथा स्थानीय ब्रिटिश समुदाय सहभागी भएका थिए। भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे। उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे। कार्यक्रमका…
Read Moreनेपाल बौद्ध संघको बुद्ध जयन्ती विशेष कार्यक्रम
नेपाल बौद्ध संघले काठमाडौँको स्वयम्भूमा बुद्ध जयन्ती विशेष कार्यक्रम गर्यो । २५६८ औँ बुद्ध जयन्तको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहनु भएका डोल्पो टुल्कु रिन्पोचेले बुद्ध र बुद्ध जयन्तीको महत्वको बारेमा बताउनु भयो । त्यस्तै कार्यक्रममा बौद्ध विद्वान तथा लोचवा पुण्यप्रसाद पराजुलीले बुद्ध पूर्णिमाको त्रि–संयोगको बारेमा धर्मदेशना गर्नु भयो । शाकाहारी अभियन्ताका रुपमा समेत परिचित भिक्षु आङफुरीले कार्यक्रममा पञ्चशीलको महत्वका बारेमा टिप्पणी गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा श्रद्धेय छोग्याल रिन्पोचेले विगत केही वर्षदेखि सञ्चालन गरिरहनु भएको रेपा कार्यक्रममा विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । रेपाका विद्यार्थीहरुले बुद्ध लिलाको नाटक…
Read More