श्रीलंकामा बौद्ध धर्मको विस्तार

श्रीलंकामा बौद्ध धर्म पहिलो पटक सम्राट अशोकको शासनकाल (ई.पू. तेस्रो शताब्दी) मा पुगेको इतिहास पाइन्छ। सम्राट अशोकले आफ्ना छोरा महिन्द्र थेर र छोरी संघमित्रा लाई बौद्ध धर्म प्रचारका लागि श्रीलंका पठाएका थिए।

त्यसबेला श्रीलंकाका राजा देवानम्पिय तिस्स (२४७–२०७ ई.पू.) थिए । महिन्द्र थेरको उपदेशबाट प्रभावित भएर राजाले बौद्ध धर्म ग्रहण गरे। राजाको प्रेरणाले श्रीलंकामा बौद्ध धर्म तीव्र रूपमा फैलियो। संघमित्रा थेरिले भारतको बोधगयाबाट बोधि वृक्षको हाँगोलाई श्रीलंका ल्याएर अनुराधापुरमा रोपिन्, जसले श्रीलंकामा बौद्ध धर्मको जरा गाड्न मद्दत ग¥यो।

यसपछि श्रीलंकामा बौद्ध धर्म संस्कृति, शिक्षा, र समाजको अभिन्न अंग बन्यो। समयक्रममा श्रीलंकाले थेरवाद बौद्ध धर्मको मुख्य केन्द्रको रूपमा विकास ग¥यो। आज पनि श्रीलंका थेरवाद बौद्ध धर्मको एक प्रमुख स्थल हो।

Share

Related posts

Leave a Comment