लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना

भरत केसी बुटवल, ३ कात्तिक (रासस) : गौतम बुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने…

Read More

म्यानमारद्वारा नेपाललाई ३० बुद्ध मुर्ति प्रदान

याङ्गूनस्थित सितागु अन्तर्रा्ष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल–म्यानमारदिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गर्नुभयो । उहाँले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताउनुभयो । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त…

Read More

ताइवानद्वारा बुद्धको पवित्र अस्थिधातु पद्म वर्ण महायान विहारलाई

भगवान बुद्धको पवित्र अस्थिधातु ललितपुर स्थित ज्याथामा रहेको श्री पद्म वर्ण महायान विहारलाइ हस्तान्तरण गरिएको छ । प्रदेश नं ३ का सांसद शोभा शाक्यलाइ वर्ल्ड एलायन्स अफ बुद्धिष्ट संस्थाबाट उपहार स्वरूप प्राप्त भएको उक्त पवित्र अस्थिधातु विहारलाइ हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा सांसद शाक्यबाट भगवान बुद्धको पवित्र अस्थिधातुलाइ अहिले समेत ३ पटक नेपालमा उपहार स्वरूप ल्याइसेको जानकारी दिइन् । सांसद शाक्यका अनुसार संसारका ४० वटा राष्ट्रमा बुद्ध धर्मावलम्बीहरूको संयुक्त संस्था वर्ल्ड एलायन्स अफ बुद्धिष्टबाट प्राप्त पवित्र अस्थिधातु सबैभन्दा पहिले ललितपुरस्थित सुमंगल विहारलाइ हस्तान्तरण गरिएको हो । विहारलाई वर्ल्ड…

Read More

गणेशकुमारीबाट यसरी बनिन् धम्मावती गुरुमा

भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो । सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो…

Read More

धनकुटाको हिलेमा बन्यो बुद्ध पार्क

धनुकुटा हिलेमा १६ लाख रुपैयाँ खर्च गरेर बुद्ध पार्क निर्माण गरिएको छ । हिलेको पर्यपटन प्रवद्र्धनका लागि बुद्धपार्क निर्माण गरिएको बताइएको छ । पार्क धनकुटा नगरपालिकाको ११ लाख र वडा नंवर १ को ५ लाख रुपैयाँमा निर्माण गरिएको हो । पार्क निर्माण भएपछि हिलेको आन्तरिक पर्यटनको प्रवद्र्धन भइरहेको स्थानीयको भनाई छ । धरान, धनकुटा लगायतका स्थानको भ्रमणमा पुग्ने पर्यटकको भ्रमणको सूचीमा बुद्धपार्क समेत पर्न थालेको छ ।

Read More

स्वयम्भुमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार ४ करोडमा

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिए । बज्राचार्यका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक…

Read More

प्राचीन पोखरी पुननिर्माण गरी बीचमा बुद्धको मुर्ति राखियो

कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी पुनर्निर्माण गरिएको छ । १५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो । पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ । स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए । उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने, पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए । झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य…

Read More

नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेसन सम्पन्न, आचार्य नुर्बु शेर्पा अध्यक्ष

नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । आइतबार भएको महाधिवेसनबाट आचार्य नुर्बु शेर्पा अध्यक्ष चुनिएका छन् । अध्यक्ष सहितको नयाँ कार्यसमितिमा उपाध्यक्षमा कमल भण्डारी र महासचिवमा कर्साङ लामा चुनिएका छन् । सबै पदहरुमा सर्वसम्मतिबाट चयन गरिएको हो ।

Read More