रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सम्पन्न भएको छ । गत असोज १५ गतेदेखि सुरु भएको प्रवज्या आइतबार सम्पन्न भएको हो । प्रवज्यामा करिब ८० जना सहभागि भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । प्रवज्याका सहभागिलाई विशेष कार्यक्रम गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । १० दिने दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायतका विविध गतिविधि गरिएको थियो । Photo…
Read MoreAuthor: rinpoche
आज स्वयम्भू उत्पत्ति भएको दिन
आज आश्विन कोजाग्रत पूर्णिमा, यो दिनलाई बौद्ध धर्मावलम्वीले स्वयम्भू उत्पत्ति भएको दिन मान्दै आएका छन् । स्वयम्भू पुराण अनुसार उपत्यकामा पानी भरिएको समय विपस्वी बुद्ध यहाँ आई तीनपटक वरिपरिको पहाड घुमी नागार्जुनको डाँडोमा तपस्यामा बसेका थिए । विपस्वी बुद्धले वैशान पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्के मन्त्र उच्चारण गरी दहमा रोपेका थिए । उनले छरेको कमलको बीउ आश्विन पूर्णिमाका दिन उम्रेको र उक्त कमलको फूलमा पञ्चरश्मी सहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको धार्मिक विश्वास रहदै आएको छ । कमलको फूलबाट आफै उत्पत्ति भएको कारण यस महाचैत्यको नाम स्वयम्भू रहन गएको मानिन्छ…
Read Moreराष्ट्रपतिको सीको भ्रमणले बुद्ध जन्मस्थ्ल लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो । राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिनुभएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ । यसको प्रमुख कारण करीब १६ सय…
Read Moreनेपाल चीन कनेक्सन : यी हुन् चीनमा बौद्ध धर्म फैलाउने
काठमाडौँ — बौद्ध साहित्यमा महापरिनिर्वाणसूत्रको धेरै ठूलो महत्व छ । यसलाई गौतम बुद्धको निर्वाणबारे जानकारी दिने सबैभन्दा प्राथमिक स्रोत मानिन्छ । यो त्रिपिटक अन्तर्गतको सबैभन्दा लामो सूत्र पनि हो । यसको संस्कृतबाट चिनियाँ भाषामा अनुवाद पाँचौं शताब्दीमा नानचिङ सहरमा भएको थियो । चिनियाँ बौद्ध धर्ममा एउटा चान सम्प्रदाय रहेको छ । यसलाई ध्यान सम्प्रदाय पनि भनिन्छ, किनभने यसले ध्यानमा बढी जोड दिन्छ । यही सम्प्रदायका कारण चीनमा बौद्धधर्मको विकास र प्रचारमा ठूलो मद्दत पुगेको मानिन्छ । पाँचौं शताब्दीको सुरुतिर चीन पुगेर महापरिनिर्वाणसूत्रको अनुवाद र चान सम्प्रदायको स्थापना दुवैमा योगदान दिने व्यक्ति हुन्, बुद्धभद्र । नेपाली इतिहासका स्रोतले यी…
Read Moreचिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद्ध सम्पदाले पनि अन्तरराष्ट्रिय तहमा महत्व पाउने आशा गरिएको छ । राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । करीब एक अर्ब ४० करोड जनसंख्या भएको छिमेकी चीनमा करीब ४० करोड जनसङ्ख्या बौद्धधर्मका अनुयायी छन् । बौद्ध साहित्यमा समावेश गरिएका बौद्ध उपदेश र दार्शनिक पक्षको गहिरो अध्ययनले…
Read Moreमृत्यु भार्दोमा आगो तत्वलेले काम नगर्दा हुने भित्रि र बाहिरी लक्षणहरु
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
मौर्य सम्राटले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय प्राप्त गरी बौद्ध धर्म ग्रहण गरेको स्मरणमा मनाइदै आएको अशोक धम्म विजयादशमी दिवस भव्यरुपमा सम्पन्न भएको छ । भारतको सारनाथमा मंगलबार अशोक बौद्ध महासंघको आयोजनामा भएको कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर प्रमुख अतिथिरुपमा सहभागि भएका थिए । कार्यक्रममा सम्राट अशोक, चन्द्रगुप्त मौर्य सम्राट अशोक, महिन्द्रा, संघमिता, राजकुमारी चारुमती, बाबा साहेब लगायतका बौद्ध धर्मसँग जोडिएका महान व्यक्तित्वहरुको झाँकीको साथमा विशाल धम्मपद यात्रा निकालिएको थियो । प्रमुख अतिथि भिक्षु तपस्सी धम्मले कार्यक्रममा तथागत बुद्धको त्रिसरण, पञ्चशीलको देशना र धम्मदीक्षा दिएका थिए ।…
Read Moreपशुपक्षीको आत्माको चीर शान्तिको कामना गर्दै सेतो गुम्बामा मणि जप सम्पन्न
दशैमा बलि दिइएका हजारौँ पशुपक्षीहरुको आत्माको चीर शान्तिको कामना गर्दै प्रत्येक वर्ष अवलोकितेश्वरको मन्त्र अर्थात् मणि जप पूजा गरिदै आएको छ । सिन्धुपाल्चोक शेर्पा समाजले यो पूजा वर्षेनी गर्दै आएको छ । पूजाको निरन्तरता यो वर्ष पनि दिइएको छ । यस वर्ष काठमाडौँको जोरपाटी सुन्दरटोलस्थित कर्मा डुप्छेन छोलिङ रोयल ह्वाइट (सेतो गुम्बा)का प्रमुख गुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछेको नेत्तृत्वमा मणि जप तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरियो । पूजाको आयोजना यही सोमबार र मंगलबार आयोजना गरिएको थियो । पूजामा सयौँको संख्यामा बौद्धमार्गी सहभागि भएका थिए । मणि जपमा बलि दिइएका…
Read Moreबौद्धमार्गीका लागि विजयादशमी के हो ?
विजयादशमी बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपुर्ण रहेको छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले शस्त्र परित्याग दिवसको रुपमा मनाउने गरेका छन् । कलिंगको युद्धमा लाखौ सर्वसाधारणको हत्या गरेपछि विक्षिप्त बनेका सम्राट अशोकले विजयादशमीकै दिन आफ्नो तरबार दुई टुक्रा पारी फ्याकी दिएका थिए । अशोकले शस्त्रअस्त्र फ्याकी बौद्ध धर्मको अनुयायी भएको यो दिनलाई बौद्ध धर्ममा दोस्रो ऐतिहासिक धम्मचक्र परिवर्तन दिवसका रुपमा लिइन्छ । विजयादशमीको आश्विन शुक्ल पक्षको दशौ दिन नै अशोकले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय हासिल गरेका थिए । हत्या हिंशाको मार्ग छोडी शान्तिको पथमा सम्राट अशोक लागेका कारण बौद्धमार्गीले यस दिनलाई…
Read More





