आज आश्विन कोजाग्रत पूर्णिमा, यो दिनलाई बौद्ध धर्मावलम्वीले स्वयम्भू उत्पत्ति भएको दिन मान्दै आएका छन् । स्वयम्भू पुराण अनुसार उपत्यकामा पानी भरिएको समय विपस्वी बुद्ध यहाँ आई तीनपटक वरिपरिको पहाड घुमी नागार्जुनको डाँडोमा तपस्यामा बसेका थिए ।
विपस्वी बुद्धले वैशान पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्के मन्त्र उच्चारण गरी दहमा रोपेका थिए । उनले छरेको कमलको बीउ आश्विन पूर्णिमाका दिन उम्रेको र उक्त कमलको फूलमा पञ्चरश्मी सहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको धार्मिक विश्वास रहदै आएको छ ।
कमलको फूलबाट आफै उत्पत्ति भएको कारण यस महाचैत्यको नाम स्वयम्भू रहन गएको मानिन्छ ।

