भगवान बुद्धको पवित्र अस्थिधातु ललितपुर स्थित ज्याथामा रहेको श्री पद्म वर्ण महायान विहारलाइ हस्तान्तरण गरिएको छ । प्रदेश नं ३ का सांसद शोभा शाक्यलाइ वर्ल्ड एलायन्स अफ बुद्धिष्ट संस्थाबाट उपहार स्वरूप प्राप्त भएको उक्त पवित्र अस्थिधातु विहारलाइ हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा सांसद शाक्यबाट भगवान बुद्धको पवित्र अस्थिधातुलाइ अहिले समेत ३ पटक नेपालमा उपहार स्वरूप ल्याइसेको जानकारी दिइन् ।
सांसद शाक्यका अनुसार संसारका ४० वटा राष्ट्रमा बुद्ध धर्मावलम्बीहरूको संयुक्त संस्था वर्ल्ड एलायन्स अफ बुद्धिष्टबाट प्राप्त पवित्र अस्थिधातु सबैभन्दा पहिले ललितपुरस्थित सुमंगल विहारलाइ हस्तान्तरण गरिएको हो । विहारलाई वर्ल्ड एलायन्स अफ बुद्धिष्टको ताइवानबाट उक्त अस्थिधातु उपहार स्वरूप प्राप्त भएको हो । यसअघि नेपाललाई थाइल्याण्ड र म्यान्मारबाट अस्थिधातु उपहार दिइएको थियो ।

