नेपाल बौद्ध संघद्वारा ८ गुम्बा तथा विहारलाई सहयोग

कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ । विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ । कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ । कोरोनाका कारण लामो समयदेखि जारी लकडाउनको असर गुम्बा तथा विहारहरुमा पनि देखिन थालेको छ । यसै सन्दर्भमा नेपाल बौद्ध संघले काठमाडौँ र काभ्रेका ८ गुम्बा तथा विहारलाई आर्थिक सहयोग गरेको छ । दक्षिणकाली, काठमाडौँ, काभ्रेका ८ गुम्बा तथा विहारलाई आज एक कार्यक्रमका बीच काठमाडौँको बौद्धमा करिब ७ लाख रुपैयाँ सहयोग अर्पण गरिएको छ । कोरोनाका कारण विभिन्न…

Read More

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सर्वत्र प्रमाणित भइसकेको उल्लेख गरिएको छ । बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेत रहेको र बौद्ध धर्मको उद्गम नेपाल रहेको भन्नेमा आशंका नरहेको उल्लेख गर्दै मन्त्राललयले लुम्बिनीलाई युनेस्कोले समेत विश्व सम्पदा सूचिमा सूचिकृत गरिसकेको भनेको छ ।…

Read More

अनेक नामका भगवान बुद्धहरु

बसन्त महर्जन बुद्ध व्यक्तिको नाम भन्ठान्नेहरु पनि धेरै हुँदा रहेछन् । उनीहरुका अनुसार अन्य धर्मसम्प्रदायका राम, कृष्ण, महादेव, विष्णु, वर्धमान, जीसस आदि भनेजस्तै बुद्ध पनि व्यक्ति विशेषको नाम हो । बुद्ध र बौद्ध धर्मदर्शनको सामान्य रुपरेखासम्बन्धी ज्ञानको अभावमा यस्तो भ्रम रहने गरेको भनेर बुझ्न गाह्रो छैन । गहिरिएर अध्ययन गर्नेहरुका लागि बुद्ध मात्रै भनेर पुग्दैन । बुद्ध त बुद्ध, कुन बुद्ध भनेर प्रश्न गर्दा यससम्बन्धमा जानकारी नभएकाहरु सामान्यतः अलमलिन्छन् । हामीसँग केही बुद्धको नाम मात्रै जानकारीमा छ, त्यो भन्दा निकै संख्यामा बुद्धहरु हुनसक्ने अनुमान बौद्ध धर्मदर्शनको अध्ययनपछि थाहा हुन्छ ।…

Read More

भूकम्पले क्षति पुर्याएका गुम्बा तथा विहार पुननिर्माण एकदमै सुस्त

विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य भने बल्ल ६५ प्रतिशत सकिएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएका दुई हजार ७०३ वटा गुम्बा, विहारमध्ये एक हजार ३५७ वटा गुम्बा, विहार २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, कार्यान्वयन एकाइ (अनुदान, व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निर्देशक गणेश वस्तीले मर्मत सम्भार मात्र गरेर सञ्चालन…

Read More

बौद्ध तथा पशुपतिमा मागेर गुजारा चलाउनेलाई भिक्षुको सहयोग (फोटो फिचर)

कोरोना भाइरसको महामारी दिनप्रति दिन बढिरहँदा यसबाट प्रभावित हुनेको संख्या पनि निकै बढिरहेको छ । अहिले हरेक तह र तप्काका मानिस यसबाट प्रभावित भएका छन् । त्यसमा पनि मागेर गुजारा चलाउदै आएमा वर्ग त यो महामारीबाट झनै पिडित बनेका छन् । शुक्रवार टेकराज तामाङको सहयोगमा बौद्ध र पशुपति क्षेत्रमा मागेर जीवनयापन गरिरहेका करिब ४ सय जनालाई सहयोग गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १० थान मास्क, डिटोल साबुन, ड्राई फुड लगायत सहयोग दिइएको छ ।

Read More

राणा रिम्पोचेः भिक्षुलाई देशनिकाला गर्ने चन्द्र शमशेरका खनाति यसरी बने बुद्ध धर्मका विद्याधर महायोगी

कपिलवस्तु — अघिपछि सुसारे–धराले । जस्तो खोज्यो उस्तै सुविधा । रोजेको लाउन–खान मिल्थ्यो । जे सोच्यो, त्यही पुग्थ्यो । राजसी सुखसयल थियो । राम्रो शिक्षादीक्षा प्राप्त गरेका थिए । तैपनि उनी वंश–परम्परा जोगाउनतिर लागेनन्, शासनसत्तामा ध्यान दिएनन् । सुख–सुविधा र लोभ–मोह त्यागेर बुद्धका सच्चा अनुयायी बने । काठमाडौंका ७० वर्षीय श्रीधर राणा रिम्पोछे ध्यानी, तपस्वी, तान्त्रिक, अभ्यासी हुँदै अहिले महायोगी बनेका छन् । उनी पितृवंशमा राणाकालीन महाराज पद्मशमशेरका पनाति हुन्, मातृवंशमा बझाङे राजा जयपृथ्वीबहादुर सिंहका नाति । तत्कालीन डीआईजी नारायणशमशेर र शान्ति शमशेरका जेठा छोरा श्रीधरको सानैदेखि शान्ति र अध्यात्ममा लगाव थियो । सात आठ वर्षको उमेरमा बाबुआमाले के बन्छस्…

Read More

काठमाडौंको बौद्ध समाजमा प्रचलित गुँला पर्व

बसन्त महर्जन काठमाडौं उपत्यकाको बौद्ध जनजीवनमा श्रावणशुक्ल प्रतिपदादेखि एक महिनासम्म विहानैदेखि एक विशेष प्रकारको वातावरण सिर्जना हुन्छ । यसलाई गुँला पर्वको माहौल भन्न सकिन्छ । यस बेला बौद्धहरु विहानैदेखि बडो उत्साह र उमंगका साथ धार्मिक क्रियाकलापमा विशेष रुपमा संलग्न हुन्छन् । काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवन स्वयम्भू महाचैत्यमा केन्द्रित छ । यसअनुसार यो स्थल सबैभन्दा महत्वपूर्ण र गौरवपूर्ण रहेको छ । सक्नेहरु प्रत्येक दिन विहान नित्यकर्म सम्पन्न गरी यहाँ जान्छन् भने नसक्नेहरु घर वरिपरिका बौद्ध स्थलहरुको परिक्रमा गरी दैनिक जीवन सुरु गर्दछन् । गुँला पर्वका बेला भने स्वयम्भू जान…

Read More

जसलाई भेट्यो उसैलाई मार्ने अंगुलीमाल कसरी बुद्धको शिष्य बने ?

त्यस बेला बुद्ध कौशल राज्यमा बस्नुहुन्थ्यो । उहाँ गाँउमा भिक्षाटनका लागि निस्किनुभएको थियो । तर गाँउ सुनसान थियो, सबै घरहरूको झ्याल ढोकाहरू बन्द थिए । बुद्ध प्रत्येक घरका अगाडि गएर उभिनुहुन्थ्यो, तर कोही मानिस पनि बाहिर आउन्नथे । बुद्ध कोही पनि मानिस बाहिर नआएकोमा अचम्म मान्दै हुनुहुन्थ्यो । यत्तिकैमा एक जना मानिसले बुद्धलाई हातमा समाए र एक्कासी घरभित्र ल्याए । बुद्धले प्रश्न गर्नुभयो, “वास्तवमा आज गाँउमा के भएको हो ? सबै मलाई बताउनुहोस् ।” उक्त मानिसले बुद्धलाई सबै कुरा सविस्तार सुनाए, “गाँउ नजिकैको वनमा अङ्गुलीमाल नामक डाकु आएको छ र…

Read More

तनाव भुल्न चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह बौद्ध दर्शनमा

पछिल्लो समय भूवन केसीले दुर्व्यवहार गरेको भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बुधवार बौद्धनाथ स्तुप पुगेकी छन् । बौद्धनाथ परिसरभित्र स्तुपलाई ब्याकग्राउण्डमा पार्दै उनले लिएको तस्विर फेसबुकमा पोष्ट गर्दै उनले ओम माने पेमे हु स्टेटस लेखेकी छन् । भुवन केसीसँगको विवादका कारण चर्चा र तनावमा रहदै आएकी उनी मानशिक शान्तिको खोजीमा बौद्ध परिसर पुगेको अनुमान गरिएको छ । अभिनेता केसीले शाहले मानहानी गरेको भन्दै १० करोड रुपैयाँ क्षतिपुर्तिसहित जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी तनावमा रहेको बुझिएको छ ।

Read More

चावहिलमा बौद्ध परियत्ती शिक्षा उतिर्णलाई पुरस्कार, आफ्ना बालबालिकालाई बौद्ध शिक्षा दिन पाउँदा स्थानीय उत्साहित

चाबहिल कुतुबहि अवस्थित राजकीर्ति गगनगंज महाविहारमा राजकीर्ति गगनगंज परियत्ति केंद्रबाट परियत्ती शिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई शनिवार प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ती शिक्षा चाबहिल क्षेत्र कÞुतुबहिल राजकीर्ति गगनगंज महाविहारमा गत बर्ष २०७६ साल सुरूवात गरिएको थियो । । परीयत्ती शिक्षा सुरु पछि पहिलोपटक उत्तिर्ण भएका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बिकास कोषका पूर्वउपाध्यक्ष भिक्षु निग्रोध, बिशेष अतिथि चाबहिल चारूमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सि धम्म महास्थबीर सहित भिक्षु जयंतो, भिक्षु विपुलसार र…

Read More