तनाव भुल्न चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह बौद्ध दर्शनमा

पछिल्लो समय भूवन केसीले दुर्व्यवहार गरेको भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बुधवार बौद्धनाथ स्तुप पुगेकी छन् । बौद्धनाथ परिसरभित्र स्तुपलाई ब्याकग्राउण्डमा पार्दै उनले लिएको तस्विर फेसबुकमा पोष्ट गर्दै उनले ओम माने पेमे हु स्टेटस लेखेकी छन् ।

भुवन केसीसँगको विवादका कारण चर्चा र तनावमा रहदै आएकी उनी मानशिक शान्तिको खोजीमा बौद्ध परिसर पुगेको अनुमान गरिएको छ । अभिनेता केसीले शाहले मानहानी गरेको भन्दै १० करोड रुपैयाँ क्षतिपुर्तिसहित जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी तनावमा रहेको बुझिएको छ ।

Share

Related posts