कोरोना भाइरसको महामारी दिनप्रति दिन बढिरहँदा यसबाट प्रभावित हुनेको संख्या पनि निकै बढिरहेको छ । अहिले हरेक तह र तप्काका मानिस यसबाट प्रभावित भएका छन् । त्यसमा पनि मागेर गुजारा चलाउदै आएमा वर्ग त यो महामारीबाट झनै पिडित बनेका छन् ।
शुक्रवार टेकराज तामाङको सहयोगमा बौद्ध र पशुपति क्षेत्रमा मागेर जीवनयापन गरिरहेका करिब ४ सय जनालाई सहयोग गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १० थान मास्क, डिटोल साबुन, ड्राई फुड लगायत सहयोग दिइएको छ ।