कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा-भिक्षु आनन्द

भिक्षु आनन्द मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव  हुँदै रोबोट मानवको रूपमा परिभाषित हुँदै गएको छ । मान्छेलाई मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रूपमा अर्थ्याउनुभन्दा भौतिक तथा  यान्त्रिक मानवको रूपमा अर्थ्याउँदै आएको देखिन्छ । यस्तो अवस्थामा  एउटै  परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस  बेफुर्सदिलो गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई  भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता…

Read More

बुद्ध समाधिमा किन बस्नुहुन्छ ?

भन्ते नागसेन ! तपाईंहरु भन्नुहुन्छ कि भगवानले जे कुराहरू गर्नु थियोे सबै बोधीवृक्षको मुनि नै समाप्त भइसकेको छ । वहाँले अब अरु केही गर्नु बाकी छैन, आफुले गरेकोमा अरु केही जोडन थप्न बाकी छैन । साथ साथै यस्तो पनि सुन्नमा आउँछ कि तीन महीनासम्म वहाँले समाधी लगाउनु भएको थियोे ? भन्ते नागसेन ! यदी भगवानले बोधी वृक्षको मुनि सबै कुराहरू समाप्त गरिसकेको भए तब यो कुरा झुठो ठहरिन्छ कि तीन महीनासम्म वहाँले समाधी लिनु भएको थियोे । यदी भगवानले यथार्थमा तीन महीनासम्म समाधी लिएको भए तब यो कुरा झुठो ठहरिन्छ…

Read More

गुरु खेन् रिन्पोछे साङ्गे रङज्युङ रिन्पोछेको अगुवाइ तथा श्रद्धेय खेन्पो ङावाङ थेक्छोग रिन्पोछेको अनुरोधमा दस करोड वज्रगुरु सम्पन्न भएको छ

सांगे लेग्देन गुरुङ (भूपेन) संसारमा अचानक देखा परेको कोरोना महामारीका कारण अहिले सबै घरभित्रै बन्दक बनेको अवस्था छ । यो बाहिरी अनेकौं बस्तुमा लठ्ठिने चन्चले मनलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी गरिएको लकडाउन वा निषेधाज्ञाकाले झन चंचल, उदासी र आक्रान्त नहोस, मानसिक तनाव तथा मन शान्त सत्कर्ममा ध्यानाकर्षण होउन् भन्ने उद्देश्यले गरिएको १० करोड वज्रगुरु जप सम्पन्न भएको छ । जस अनुसार ध्यान साधना अन्तरगतको जपतपमा रहेर सबैको कल्याणकारी बिचार सहित माला, मन्त्र बाचनमा व्यस्त रहनाले होहल्ला अपसब्द र व्यर्थको कुरा कटौती तथा जपध्यानमा रहदा सकारात्मक बिचार तथा हाम्रो…

Read More

पशुपति क्षेत्रमा बौद्ध धर्म

बसन्त महर्जन पशुपति क्षेत्रमा शैव मतसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कलावस्तु पाइनु स्वाभाविक हो । किनभने प्राचीनकालदेखि यो शैवमार्गीहरूका लागि ठुलो धार्मिक स्थलको रुपमा रहँदै आएको कुरामा शंका छैन । अलि गहिरिएर हेर्दा यो शैवमार्गीको धार्मिक स्थल मात्रै नभएर एउटा सिंगो सभ्यता र ऐतिहासिक निरन्तरता भएको कुरा छर्लङ्ग हुन्छ । धार्मिक क्षेत्रका रुपमा मात्रै रहेको भए सामाजिक तथा सांस्कृतिक बन्दोवस्त हुँदैनथ्यो । त्यो प्राचीन सामाजिक तथा साँस्कृतिक बन्दोवस्त आजपर्यन्त जीवित पाइनु नेपालको लागि मात्र नभएर विश्व इतिहासकै लागि पनि गौरवको कुरा हो । काठमाडौं उपत्यकाका अन्य वस्तीसमान यहाँ पनि एउटा…

Read More

चैत्यको महत्व र प्रकार

बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौं उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। बुद्ध पूजा नै चैत्य पूजा हो, किनभने बुद्ध पूजा गर्नको लागी नै बौद्ध चैत्यहरुको सृजना भएको हो । बुद्ध पूजा गर्नु भनेको तथागतको गुणानुस्मरण गर्नु हो । बुद्धको गुणानुस्मरणले हाम्रो मनलाई स्वच्छ र पवित्र बनाउनुका साथै हामीलाई कुशल कार्य गर्न अभिप्रेरित पनि गर्छ । चैत्यलाई पाली भाषामा चेत्तिय, नेपालीमा चैत्य र नेपाल भाषामा चीभाः भनिन्छ । ४ प्रकारका चैत्य १)…

Read More

महासिद्ध तिलोपा र नारोपाका दुई गुफा

बसन्त महर्जन पशुपति आर्यघाटबाट उत्तर वाग्मती नदीको विपरित दिशामा अघि बढ्न हिजोआज बायाँ किनारमा बाटो बनेको छ । अलि अगाडि बढेपछि दुई वटा गुफा भेटिन्छ । निकै खोंचमा रहेको यो ठाउँसम्म पुग्न कैलाश पर्वतबाट सानो खुड्किलाहरु पनि बनेका छन् । यहाँ पुग्ने अर्को बाटो भनेको गौरीघाटबाट दायाँ किनारा लागेर अलि तल झर्ने हो । अलि एकान्त र मान्छेको चहल पहल पनि उस्तो नहुँदा दिउँसै अँध्यारोजस्तो वा कहाली लाग्दो वातावरण पाइन्छ । लागू पदार्थ सेवन गर्ने कुलतमा फसेका युवाहरुको अखडा भएकाले जो कोही सज्जनहरु प्रायः यतातिर जाँदैनन् । तर यहाँ रहेका…

Read More

पशुपति राजराजेश्वरी घाटको बुद्ध मूर्ति

पशुपति क्षेत्रको राजराजेश्वरीघाटमा बुद्धको उभिएको एउटा सुन्दर मूर्ति छ । सो क्षेत्रमा बुद्धका अन्य प्राचीन मूर्तिहरु पनि प्रसस्त मात्रामा पाइन्छन् । विभिन्न कालमा बनेका ती मूर्तिहरुले त्यति बेलाको इतिहास, संस्कृति, समाज र ज्ञानविज्ञानका कुराहरु व्यक्त गरिरहेका हुन्छन् । त्यहाँ प्राप्त प्रत्येक मूर्तिका आआफ्नै विशेषताहरु छन् र उल्लेखनीय नै मान्नु पर्दछ, शैव मूर्ति हुन् वा वैष्णव मूर्ति, शाक्त मूर्ति हुन् वा बौद्ध मूर्ति । बौद्ध मूर्तिहरुका सम्बन्धमै पनि लामो चर्चा सकिन्छ तर यहाँ उल्लेखित मूर्तिमा नै केन्द्रित हुनाका कारण बुद्धका अन्य मूर्तिहरुमध्येमा पनि यो विशेष उल्लेखनीय हुनु हो । मूर्तिको सुन्दर…

Read More

काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व

बसन्त महर्जन बौद्ध धर्मदर्शनमा बज्रयान विस्तृत भूभागमा फैलिएर लामो समयदेखि जीवन्त रहेको भएपनि यसका संस्कार संस्कृति र परम्परा तथा अभ्यासहरु सबै ठाउँ र समाज समान रुपमा रहेको पाइँदैन । अर्को शब्दमा भन्नु पर्दा बज्रयान समाजभित्र पनि विविधता पाइन्छ । काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व यही कुराको एउटा ज्वलन्त उदाहरण हो । बौद्ध धर्ममा दानको महिमा मुक्तकण्ठले गाउने गरिन्छ । दानलाई पुण्य संचय गर्ने अवसरका रुपमा पनि लिइन्छ । तसर्थ, सर्वसाधारणदेखि धनीमानी तथा राजा महाराजा पनि दानकार्यमा सरिक भइरहेका हुन्छन् । बोधिसत्वहरुले पूरा गर्नुपर्ने पारमितामा एउटा दानपारमिता रहेको…

Read More

शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने लक्ष्यमा भाग लिन आग्रह

शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने अभियान सुरु भएको छ । आगामी जनवरी १ सम्म १० करोड जप पुर्याउने लक्ष्य लिइएको छ । जपको लक्ष्य पुरा गर्न बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ । शाक्यमुनी मन्त्र यस्तो रहेको छ ॐ मुने मुने महा मुने महामुने स्वाहा अथवा ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा अर्थ (हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ । हामी भित्र नै शौर्य छ, साहास छ ) अहिलेको विश्वमा कोरोना भाइरसको महामारीले पुर्याएको असरको समयमा शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गर्न…

Read More

१५ सय वर्षदेखि भिरमा झुण्डिएर रहेको एक बौद्ध मन्दिर

करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…

Read More