चावहिलमा बौद्ध परियत्ती शिक्षा उतिर्णलाई पुरस्कार, आफ्ना बालबालिकालाई बौद्ध शिक्षा दिन पाउँदा स्थानीय उत्साहित

चाबहिल कुतुबहि अवस्थित राजकीर्ति गगनगंज महाविहारमा राजकीर्ति गगनगंज परियत्ति केंद्रबाट परियत्ती शिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई शनिवार प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ती शिक्षा चाबहिल क्षेत्र कÞुतुबहिल राजकीर्ति गगनगंज महाविहारमा गत बर्ष २०७६ साल सुरूवात गरिएको थियो । । परीयत्ती शिक्षा सुरु पछि पहिलोपटक उत्तिर्ण भएका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बिकास कोषका पूर्वउपाध्यक्ष भिक्षु निग्रोध, बिशेष अतिथि चाबहिल चारूमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सि धम्म महास्थबीर सहित भिक्षु जयंतो, भिक्षु विपुलसार र काठमाण्डू वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल, विहारका थकाली न्हुच्छेरत्न शाक्य लगायत उपस्थित थिए ।

कार्यक्रममा स्थानीयबासीको उल्लेख्य सहभागिता थियो । स्थानीय बालबालिकाहरुले बौद्ध शिक्षा पढ्न पाएको स्थानीय एकदमै हर्षित र उत्साहित देखिएका थिए । गगनगञ्ज महाविहार चाबहिल क्षेत्रकै एकमात्र बुद्ध शिक्षा लिने एकमात्र केन्द्र बनेकोमा स्थानीयले निकै गौरव महशुष गर्ने गरेको बताए ।

बालबालिकालाई सानैदेखि बौद्ध शिक्षाको ज्ञान दिदा नैतिक शिक्षा प्रवल भएर जाने कार्यक्रमका विशेष अतिथि भिक्षु तपस्सि धम्मले बताए । बौद्ध शिक्षाले मानिसलाई सत्मार्गमा हिड्न प्रेरणा दिने भिक्षु धम्मले कार्यक्रममा उल्लेख गरे ।

Share

Related posts