बसन्त महर्जन काठमाडौंमा मुख्य सहरी क्षेत्रबाट कीर्तिपुरको चोबाहाः (चोभार), टौदह, चाल्नाखेल हुँदै करीव २५ किलोमिटरको यात्रा गरेपछि फर्पिङ नामको एउटा प्राचीन नेवार वस्ती आउँछ । यो ठाउँको स्थानिय प्रचलित नाम ‘फंपि’ हो भने केही सय वर्षअघिसम्म ‘फनपि’ रहेको देखिन्छ । अर्थात्, फर्पिङ आजभोलि मात्रै बसेको नाम हो । हाल यो दक्षिणकाली नगरपालिकाअन्तर्गत रहेको यो क्षेत्र नेपालको मध्यकालीन इतिहासमा शक्तिशाली सामन्तहरुमार्फत शासित थियो । तत्कालीन सामन्तहरु एवं घटनाप्रवृत्तिको अध्ययन गर्दा केन्द्रिय शासनलाई नै पनि हाँक दिएर केन्द्रिय राज्यलाई अप्ठ्यारोमा पार्दथ्यो । इतिहासकै कुरा गर्ने हो भने पनि यो क्षेत्रमा प्राप्त लिच्छविकालीन…
Read MoreCategory: Featured
आज छोखोर दुछेन अर्थात् धर्म चक्र प्रवर्तन महोत्सव
भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्म चक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछन् । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा ‘डुक्पा छेजी’ भन्ने गर्दछ । शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मगृदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्च वर्गीय भिक्षु (आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिक) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ ।…
Read Moreबौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व सुरु
बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व मंगलबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । यसपटक कोभिड–१९ रोकथामका लागी सरकारले गरेको लकडाउनको कारणले गर्दा बाजागाजासहितको उपस्थिति भने कम भएको छ । पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’…
Read Moreगौतम बुद्धको विलक्षण प्रतिभा र अलौकिक क्षमता
बसन्त महर्जन गौतम बुद्धले ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको र पञ्चभद्दीय भिक्षुलाई धर्मदेशना गर्नका लागि ऋषिपतनमृगदावनतर्फ लागेको घटना त प्रसिद्ध नै छ । यही बेला बाटोमा हिड्दै गर्दा उपक नामका एक आजीवक साधुले बाटोमा भेटे थिए । गौतम बुद्धको व्यक्तित्व देखेर उपक अचम्म भएका थिए र के कसो हो भनेर प्रश्न पनि गरे । बुद्धले दिएको जवाफ उनले बुझ्नै सकेनन् र मथिंगल खलबल्याएर बाटो लागेका थिए । घरमा जवान छोरीका लागि सुहाउँदो वर खोज्दै हिडेका ब्राह्मण मागन्दीयले कुरुको ठुलो वस्ती कम्मासदम्मको छेवैमा रहेको भारद्वाज ब्राह्मणको…
Read Moreलुम्बिनी बौद्ध विश्वविद्यालय पूर्ण सरकारी स्वामित्वमा
लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो। यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ । जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ । अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउनेछ…
Read Moreबुद्धकाल र बौद्धकालको गलत बुझाइ
बसन्त महर्जन बौैद्ध विषयसम्बद्ध लेखरचना तथा प्रसार सामग्रीमा प्रायशः ‘बुद्धकाल’ वा ‘बौद्ध काल’ दुई शब्दको प्रयोग पाइन्छ । यी दुई शब्द प्रायशः नेपाली तथा हिन्दी भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरुमा देख्न पाइन्छ । काल अवधिको बोध गराउन प्रयोग गर्ने यी दुई शब्दले बेग्लाबेग्लै अर्थ दिन्छ । तर प्रयोगकर्ताहरुमा ‘बुद्धकाल’ र ‘बौद्धकाल’ भनेर समानार्थी शब्दको बुझाइ रहेको पाइन्छ र त्यही अनुसार बुझाउन खोजेको देखिन्छ । यो बुझाइमा रहेको त्रूटिहरुमा घोट्लिँदा सामान्यदेखि गम्भीर भूलहरु पनि दुष्टिगोचर हुन्छ । तसर्थ अलिकति मात्रै होस् पु¥याउन सकेमा पनि धेरै कुरा स्पष्ट हुनसक्छ । सामान्यतः बुद्ध भनेर…
Read Moreराष्ट्रिय सम्मानका साथ संघनायक ज्ञानपूर्णिक महास्थवीरको अन्त्येष्टि
सातौँ सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उहाँका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गर्नुभएको भिक्षु निग्रोधले जानकारी दिनुभयो । अग्नि संस्कारअघि उहाँको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओडाउनुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक…
Read Moreबौद्ध धर्ममा असार पूर्णिमा अर्थात् गुरु पूर्णिमा
असार पूर्णिमा अर्थात् गुरु पूर्णिमाको महत्व बौद्ध धर्मावलम्बीबीच पनि रहेको छ । बौद्ध धर्ममा असार पूर्णिमाकै दिन गौतम बुद्धले महामायाको कोखमा प्रवेश गर्नु भएको थियो । त्यस्तै आजकै दिन बुद्धले महाभिनिष्क्रमण अर्थात् दरबार छोडेर ज्ञानको खोजीमा निस्कनु भएको थियो । बुद्धत्व प्राप्तिपछि असार पूर्णिमाकै दिन वाराणासी नजिकै ऋषिपतन मृगदाव (सारनाथ)मा सम्यक सम्बुद्धले आफुले पाएको ज्ञानलाई सर्वप्रथम पाँच जना सन्यासीहरु, जो पछि गएर प्रथम वा पञ्चवर्गीय भिक्षुका रुपमा प्रख्यात भए, उहाँहरुलाई धर्म उपदेशबाट अमृतपान गराउनु भएको थियो । यसरी धर्म प्रचार भयो वा धर्मको चक्का घुम्न थाल्यो भन्ने अर्थले धर्मचक्रप्रवर्तन दिवस…
Read Moreपवित्र बौद्ध धार्मिकस्थल नमोबुद्धमा महासत्व राजकुमारको देहदान
बसन्त महर्जन गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय आकर्षणको थलो बनेको छ । जातक कथाअनुसार महासत्व राजकुमारको जन्म राजा महारथ र रानी सत्यवतीको कान्छो छोराको रुपमा भएको थियो । यी राजाको राज्य राजधानी नमोबुद्धभन्दा पश्चिमस्थित वर्तमान पनौतिमा थियो भन्ने मान्यता स्थानीय…
Read Moreनेपालका सातौ संघनायक ज्ञानपूर्णिक महास्थवीरको निधन
लामो समयदेखि अवस्थ रहदै आएका नेपालका सातौ संघनायक ज्ञानपूर्णिक महास्थवीरको आज शुक्रबार निधन भएको छ । मृगौलाको समस्याका कारण करिब २ महिनादेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका संघनायकको आज विहान ४ बजेर ३५ मिनेटमा निधन भएको भिक्षु बोधिज्ञानले जानकारी दिए । नेपालको बुद्धसासनमा संघ उपनायक पदको जिम्मेवारीमा रहेका उनी छैठौँ संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् विसं २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायकको रूपमा पदासिन गरिएका थिए । सन् २०१९ मा नेपाल सरकारले उनलाई परमपूज्य हिज होलिनेस पदबाट सम्मानित गरेको छ । सन् १९३९ नोभेम्बर…
Read More