मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ । उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो । महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो । महायोगको साधनाबाट सिद्धि तथा बुद्धत्व प्राप्तिका लागि योग अभ्यास, पूजापाठ लगायतका विविध कार्यक्रम गरिएको थियो ।
Read MoreCategory: समाचार
न्युयोर्कको शेर्पाहरुको बिशाल ल्हासो पूजा
पासाङ् फुटी शेर्पा, न्युयोर्क शेर्पा किदुग अमेरिकाले बसन्त ऋतुको आगमनसंगै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार ल्हासोल् पर्व भव्यताका मनाएको छ । अप्रिल १४ का दिन न्युयोर्क शहरबाट डेढ घण्टा उत्तरमा पर्ने काग्यु थुप्तेन क्षोलिङ् गुम्बामा उक्त ल्हासोल् पूजा सम्पन्न गरिएको हो । विहानको ९ बजे देखि लामाहरूबाट बिश्व शान्ति पूजा सहित कार्यक्रम शुरु भएको थियो । पुजा कार्यक्रम पछि लामाहरूद्वारा बिश्व शान्ति र प्राणी जगतको कल्याणको लागि विभिन्न धार्मिक नाचहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शेर्पा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसपछि दानव शक्ति माथि देव शक्तिले विजय हासिल…
Read More१४ औं बज्रगुरु पूजा सम्पन्न
सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ अवस्थित थेक्छेन साङगालिङ गुम्बामा भईरहेको १४ औं बज्रगुरु पूजा सम्पन्न भएको छ । भारतको महिसुर गुम्बाबाट आउनुभएका शरणनायक परमपूज्यनीय घ्याङखाङ रिन्पोछले छेवाङ (आयुअभिषेक) अर्पण गरेपछि ९ दिनदेखि जारी बज्रगुरु समापन गरिएको हो । तेङबोचे गुम्बाका शरणनायक अवतारी ङवाङ तेन्जिङ जाङपो रिन्पोछे र तोलका टुल्कु ङवाङ लोजाङ रिन्पोछेले बज्रगुरु पूजाको सुरुवात गरेपछि झ्याम्पाल ओङपो रिन्पोछे, टुल्कु स्याङटाक रिन्पोछे लगायत खेन्पो, लोपेन र लामाहरुले बज्रगुरु मन्त्र जप गर्नुभएको थियो । २०५७ सालमा निर्माण भएको थेक्छेन साङगालिङ गुम्बामा पहिलो पटक बज्रगुरु पूजा आयोजना गर्न पाउँदा अत्यन्तै…
Read Moreलुम्बिनी विश्वशान्ति शहर बनाउने विषयमा मुख्यमन्त्री र परिकल्पनाकार क्वाकबीच छलफल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्ति शहरका परिकल्पनाकार तथा योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनसँग लुम्बिनीको बृहत्तर गुरुयोजनाका विषयमा छलफल गरेका छन्। भेटमा प्रा। डा। क्वाकले लुम्बिनीलाई विश्वकै आर्कषक शान्ति शहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरे। क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो। बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्ने भनिएको शान्ति शहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आर्कषक बनाउने र लुम्बिनीको महत्व बढाउने खालको रहेको डा. क्वाकको भनाई छ। भेटमा मुख्यमन्त्रीले लुम्बिनी…
Read Moreभिक्षु अश्वघोषको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलीसभा
केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्दै र उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा आयोजना गरिएको छ । आइतबार काठमाडौँको राष्ट्रियसभामा आयोजित श्रद्धान्जलीसभामा सयौँ भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुको उपस्थिति थियो । अखिल नेपाल बौद्ध भिक्षु महासंघको संयोजनमा भएको श्रद्धान्जलीसभामा विभिन्न बौद्ध संघसंस्था सहभागि भई छैठौ संघनायकले बौद्ध संस्कार र धर्मको क्षेत्रमा पुर्याउनु भएको योगदान स्मरण र उनले देखाएको बौद्धपथको अनुशरण गर्नु आवश्यक रहेको बताइयो । श्रद्धान्जलीसभामा पूर्व सभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए । भिक्षु…
Read Moreनामसंगीती पाठ सम्पन्न
काठमाडौं गुणाकार महाविहार छुस्या बहालमा परम्परागत बौद्ध धर्म संघको नाम संगीति पाठ तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । आर्य मञ्जुश्री नामसंगीति पर्वको उपलक्ष्यमा नामसंगीति पाठ गरिएको हो । परम्परागत बौद्ध धर्मसंघका सदस्यहरु लगायत काठमाडौंका विभिन्न विहारका नामसंगीति पाठ गर्ने समुहका सदस्यहरुले सामूहिक रुपमा पाठ गरेका थिए । प्रत्येक चैत पूर्णिमा ल्हुति पुन्हीको दिन नामसंगीति पर्व मनाउने र पाठ गर्ने परम्परा बौद्ध समुदायमा रहेको पाइन्छ । नाम संगीति पाठ पछि नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा डा नरेशमान वज्राचार्यले उक्त अवसरमा नाम संगीतिबारे प्रवचन सम्बन्धी प्रवचन दिएका थिए ।
Read Moreआज तेमाल जात्रा, बौद्ध विशेष उल्लासका साथ मनाइदै
तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्राको अवसरमा आज विहानैदेखि काठमाडा्रैँको बौद्धमा घूइँचो लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रामा तामाङ समुदायले वर्ष दिनभित्र दिवङ्गत भएका मानिसको स्मरणमा बौद्धको चैत्य परिक्रमा गरी बत्ती बाल्नेको परम्परा रहि आएको छ । बिहिबार रातिसम्म चल्ने सो जात्रामा सहभागि हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट सर्वसाधारण भेला भएका छन् । जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिन तथ्य नभए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्मको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता…
Read Moreभोली बौद्ध स्तुपमा तेमाल जात्रा मनाइदै
चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा लाग्ने तामाङ समुदायको तेमाल जात्रामा विहिबार मनाइदैछ । तेमाल जात्राको दिन बौद्ध स्तुपमा आई द्वीप प्रज्ज्वलन गर्नाले दिवङ्गत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ । दिवङ्गत पितृहरुको मोक्ष प्राप्तिका लागि तेमाल जात्रामा रातभर तामाङ समुदायका मानिस बौद्ध स्तुपमा बसेर द्वीप प्रज्वलन गर्ने गर्दछन् । रातभर बत्ती बालेर चैत्र पूर्णिमाका दिन अर्थात भोलि बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूनाथको दर्शन गरेपछि तेमाल जात्रा सकिन्छ । जनश्रुतिअनुसार काठमाडौँ उपत्यकाका दहको रुपमा रहेका बेला क्रकुछन्द बुद्ध आई नागार्जुन डाँडामा बसेर साधना गरी ऋद्धिसिद्धी…
Read Moreबौद्धनाथ र हनुमानढोका जोड्ने गुरुयोजना तयार
दुई हजार दुई सय मिटरको दुरीमा रहेका काठमाडौं महानगरभित्रका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई पदयात्राले जोड्नेबारेको गुरुयोजना तयार भएको छ। विश्व सम्पदा दिवस २०१९ को अवसर पारेर बिहीबार हनुमानढोका दरबार क्षेत्रमा पदयात्राको उक्त गुरुयोजना सार्वजनिक गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनका अनुसार, सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्रभित्रका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्नेछ। ‘स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउनेदेखि आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने साथै सम्पदाको मूल्यमान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य गुरुयोजनामा छ’, उनले भने। सम्पदा पदयात्राको लम्बाई…
Read Moreनेपालको सातौ संघनायकमा भिक्षु ज्ञानपूर्णिक महास्थवीर नियुक्त
भिक्षु अश्वघोष महास्थवीरको निधन पछि रिक्त रहेको संघनायकको पदमा विश्व शान्ति विहारका संस्थापक प्रमुख भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई नियुक्त गरिएको छ । भिक्षु ज्ञानपूर्णिक महास्थवीर नेपालको सातौ संघनायक बनेका छन् । भिक्षु संघ समागन भई आइतबार काठमाडौँको मिनभवनस्थित अखिल नेपाल भिक्षु महासंघको प्रधान कार्यालय विश्व शान्ति विहारको प्रसाद सीमागृहमा संघकार्य विधिद्वार संघनायकको पदमा प्रतिष्थापन गरिएको हो । बोधीचर्या विहारका प्रमुख भिक्षु बोधिसेन महास्थवीरलाई संघउपनायक नियुक्त गरिएको छ । संघनायकक प्रतिष्थापन कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर सहित अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघ सदस्यहरु उपस्थित थिए ।
Read More