भिक्षु अश्वघोष महास्थवीरको निधन पछि रिक्त रहेको संघनायकको पदमा विश्व शान्ति विहारका संस्थापक प्रमुख भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई नियुक्त गरिएको छ । भिक्षु ज्ञानपूर्णिक महास्थवीर नेपालको सातौ संघनायक बनेका छन् ।
भिक्षु संघ समागन भई आइतबार काठमाडौँको मिनभवनस्थित अखिल नेपाल भिक्षु महासंघको प्रधान कार्यालय विश्व शान्ति विहारको प्रसाद सीमागृहमा संघकार्य विधिद्वार संघनायकको पदमा प्रतिष्थापन गरिएको हो । बोधीचर्या विहारका प्रमुख भिक्षु बोधिसेन महास्थवीरलाई संघउपनायक नियुक्त गरिएको छ ।

संघनायकक प्रतिष्थापन कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर सहित अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघ सदस्यहरु उपस्थित थिए ।



