सबै प्राणीको हित र कल्याणका लागि काम गर्ने  नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको उद्घोष

२ कार्तिक, लुम्बिनी: लुम्बिनीलाई विश्वकै महत्वपूर्ण आध्यात्मिक तथा धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बताएकी छन् । बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी आनीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेपछि कोषको कार्यालयमा पुगेर उपाध्यक्षको जिम्मेवारी सम्हालेकी हुन्।nउनले सबै प्राणीको रक्षा, हित र कल्याणलाई केन्द्रमा राखेर काम गर्ने उल्लेख गर्दै लुम्बिनीको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उनले लुम्बिनीको विकासका लागि सरकार, स्थानीय समुदाय, धार्मिक सङ्घसंस्था, अन्तर्राष्ट्रिय बौद्ध समुदाय तथा सरोकारवाला…

Read More

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माद्वारा पदभार ग्रहण

लुम्बिनी । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन्। नियुक्तिको लामो समयपछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालय पुगेर पदभार सम्हालेकी हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कडा सुरक्षा व्यवस्थासहित उनलाई लुम्बिनी ल्याइएको थियो। मायादेवी परिसरमा पत्रकारहरूसँग कुरा गर्दै आनीले सबैको सहकार्यमा लुम्बिनीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइन्। उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध हुँदै आएको थियो। नेपाली नागरिक नभएको र विवादित व्यक्ति भएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले उनको नियुक्तिको विरोध गर्दै आएको छ। बुधबार पनि केही स्थानीय समूहले पर्साचोकमा भेला भएर…

Read More

के–पप र हिपहप नृत्यमार्फत युवापुस्तालाई बौद्ध धर्मसँग जोड्दै दक्षिण कोरियाली भिक्षु

२ कार्तिक: परम्परागत धार्मिक अभ्यास र आधुनिक सांस्कृतिक अभिव्यक्तिबीचको दूरी कम गर्दै युवापुस्तालाई बौद्ध धर्मतर्फ आकर्षित गर्ने नयाँ प्रयास दक्षिण कोरियामा देखिएको छ। दक्षिण कोरियाका बौद्ध भिक्षु भन्ते देओक्सानले के–पप र हिपहप शैलीको नृत्यमार्फत बौद्ध धर्मको सन्देश युवामाझ पुर्‍याउने अभियान सञ्चालन गरिरहेका छन्। बौद्ध महोत्सव तथा विभिन्न सार्वजनिक कार्यक्रममा उनले प्रस्तुत गर्ने नृत्यले युवा पुस्ताको ध्यान खिचिरहेको छ। पूर्वप्रहरी निरीक्षकसमेत रहेका भन्ते देओक्सानले सांसारिक जीवन त्यागेर बौद्ध भिक्षु जीवन अपनाएका हुन्। उनले आफ्नो विगतको अनुभव र आधुनिक सांस्कृतिक शैलीलाई जोड्दै धर्मप्रति युवाहरूको रुचि बढाउने प्रयास गरिरहेका छन्। विशेषगरी युवापुस्ताले मन…

Read More

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

२ मंसिर, काभ्रेपलाञ्चोक: कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्धमा लाग्ने तीनदिने जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ । गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अर्पण गरी जीवनदान दिएको किंवदन्तीसँग जोडिएको यो जात्रा करुणा र परोपकारको सन्देश दिने धार्मिक मेलाका रूपमा परिचित छ । नमोबुद्ध नगरपालिका–११ मा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थलमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमा हुँदै प्रतिपदासम्म तीन दिन मेला लाग्ने परम्परा छ । मेलामा स्वदेश तथा विदेशका बौद्ध धर्मावलम्बी सहभागी हुने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार…

Read More