नयाँ वर्ष २०७६ को पहिलो सन्ध्यामा बुद्धवचन अनुवाद समिति र बि.सि.सि.युकेको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । सम्भोटा तथा संस्कृत लिपिमा रहेको बौद्ध ग्रन्थ प्रज्ञापारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुद्धवचन अनुवाद समितिले आफ्ना दाताहरु, सहयोगी र शुभचिन्तकलाई सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजमार्फत सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रज्ञापारमिता अनुवादमा आर्थिक सहयोग गरिरहेका दाताहरुलाई कार्यक्रममा सम्मान पनि गरियो । कार्यक्रममा बि.सि.सि. युकेले ३ लाख १० हजार रुपैयाँ सहयोग समेत गरेको थियो ।

कार्यक्रममा बि.सि.सि.युकेका प्रतिनिधि, विभिन्न रिन्पोछे, लामा गुरुहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै बुद्धवचन अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले सांस्कृतिकक राष्ट्रिय दस्तावेजको रुपमा लिनु पर्ने प्रज्ञापारमिता अनुवादलाई पुरा गर्न दाताहरुको सहयोग र साथको खाँचो रहेको बताए ।

सांस्कृतिक कार्यक्रममा विभिन्न गीतसंगीत, नृत्यका साथै बुद्धको जीवनीका विविध पक्ष झल्कने विशेष प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।



