नयाँ वर्ष २०७६ को पहिलो सन्ध्यामा बुद्धवचन अनुवाद समिति र बि.सि.सि.युकेको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । सम्भोटा तथा संस्कृत लिपिमा रहेको बौद्ध ग्रन्थ प्रज्ञापारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुद्धवचन अनुवाद समितिले आफ्ना दाताहरु, सहयोगी र शुभचिन्तकलाई सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजमार्फत सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रज्ञापारमिता अनुवादमा आर्थिक सहयोग गरिरहेका दाताहरुलाई कार्यक्रममा सम्मान पनि गरियो । कार्यक्रममा बि.सि.सि. युकेले ३ लाख १० हजार रुपैयाँ सहयोग समेत गरेको थियो । कार्यक्रममा बि.सि.सि.युकेका प्रतिनिधि, विभिन्न रिन्पोछे, लामा गुरुहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै बुद्धवचन अनुवाद समितिका अध्यक्ष…
Read MoreCategory: समाचार
लुम्बिनीमा शान्ति सम्मेलन हुने
आगामी वर्ष असोज ४ गतेदेखि ६ गतेसम्म लुम्बिनीमा शान्ति सम्मेलन हुने भएको छ। शान्ति र समझदारीका लागि लुम्बिनी अनुसन्धान केन्द्रको आयोजनामा हुने सम्मेलनका लागि आज काठमाडौं विज्ञहरूबीच छलफल भएको हो। पूर्वराजदूत, प्रधानसेनापति, जनजातिका अगुवाहरू, बौद्ध भिक्षु तथा विभिन्न क्षेत्रका विज्ञहरूबीच भएको छलफलमा संस्थाका महासचिव डा. विनोदकुमार विष्टले सम्मेलनले नेपालको सांस्कृतिक महत्त्व र पर्यटकीय क्षेत्रमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए। सम्मेलनबारे जानकारी दिँदै महासचिव विष्टले सम्मेलनको अवसरमा विभिन्न मुलुकमा रहेका बौद्धमार्गी र धार्मिक विद्वानहरू लुम्बिनीमा आउने बताए। संस्थाका अध्यक्ष निरन्जनमानसिंह बस्नेतले सम्मेलनले नेपाल सरकारको पर्यटन वर्ष २०२० को लक्ष्य भेटाउन सहयोग…
Read Moreदलाई लामा अस्पताल भर्ना
भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले बताउनुभएको छ । ८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो ।दलाई लामा नोबेल शान्ति…
Read Moreताप्लेजुङमा तेस्रो वज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन्न
ताप्लेजुङ, सुकेटारमा तेस्रो विश्व शान्ति पूजा (वज्रगुरु मन्त्र जप) कार्यक्रम परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूको प्रमुख अथिति तथा विभिन्न टुल्कु रिन्पोछे, लामा गुरुहरु लगयात हजारौं उपसक उपसिकाहरुको समुपस्थितिमा सम्पन्न भएको छ । चैत्र २०, २१ र २२ गते, तीन दिने वज्रगुरु मन्त्र जप कार्यक्रममा परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूबाट धार्मिक प्रवचन, फोवा (संक्रांति) को आगम, वज्रसत्वको अभिशेक र आयु अभिषेक प्रदान गर्नुभएको थियो । मन्त्र जप कार्यक्रममा आचार्य नुर्बु शेर्पाबाट तीनै दिन नेपाली भाषामा धार्मिक प्रर्वचन दिनु भएको थियो ।
Read Moreलमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन
लमजुङको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए । मुख्यमन्त्री गुरुङले भने ुयी सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुन्छ । जुन मुलुकमा धार्मिक सहिष्णुता छ त्योे मुलुक धनी छ भन्ने बुझ्नुपर्छ । विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्षराष्ट्र भएपछि झनै बल मिलेको छ । शान्ती, सुरक्षा र राष्ट्रियताको…
Read Moreनेपालका संघमहानायक भिक्षु अश्वघोष महास्थवीरको निधन
नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो १:३० बजे उनको निधन भएको हो । करिब ३ सातादेखि महास्थवीरको स्वास्थ्य गम्भिर बन्दै गएको थियो । संघनायकको रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या हुनुका साथै कलेजोमा पानी जमेको थियो । डेढ महिना अघि झाडा पखालाले सताएपछि उनलाई सुरुमा जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उक्त अस्पतालमै उपचार गराइरहँदा भिक्षुको स्वास्थ्य थप जटिल बन्दै गएपछि करिब तीन साता अघि ग्राण्डी अस्पतालमा लगिएको थियो । संघनायकको…
Read Moreसाँखुका बौद्ध विहारसम्बन्धी पुस्तक सार्वजनिक
अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय कौडण्य महास्थविरले शनिबार प्रा. विद्याकुमारी बज्राचार्यद्वारा लिखित साँखुस्थित बौद्ध विहारहरु एक अध्ययन नामक पुस्तकको विमोचन गरे । कार्यक्रममा प्रमुख अतिथि भिक्षु कौडण्य महास्थविरले साँखु थेरवाद बुद्धधर्मको इतिहासमा महत्वपूर्ण ऐतिहासिक स्थल भएको र यहाँको बौद्ध विहारहरुको महत्वसम्बन्धी प्रकाश पार्दै सुख शान्तीपूर्वक जीवनयापन गर्नका लागि मानिसले आप्mनो ईन्द्रिय संयम राख्नुपर्ने तथा आहारविहारमा समेत ध्यान पुर्याउनु पर्ने कुरा बताए । साथै प्रा.विद्याकुमारी बज्राचार्यले ७ दशक नाघेको अवस्थामा पनि यसरी शारीरिक र मानसिक रुपमा क्रियाशील भइरहेकोमा अरु महिलालाई पनि प्रेरणा मिलेको दावी गरे । थेरवाद बुद्धिष्ट एकेडेमीका संयोजक…
Read More‘दे आचार्य गुठी’ सम्पन्न
काठमाडौँका विभिन्न १८ महाविहारसँग आबद्ध बज्राचार्यहरुको दुईदिने बृहत् भेला ‘दे आचार्य गुठी’ आज हनुमानढोकामा सम्पन्न भएको छ । हनुमानढोकाभित्र भएको विशेष कार्यक्रममा श्रीखण्डमूल महाविहारका श्याममान बज्राचार्य र बज्रशील महाविहारका शीलमान बज्राचार्यको अगुवाइमा मामकी र बज्रसत्व पूजा गरिनाका साथै दान प्रदान गरिएको थियो । बज्राचार्य गुरुहरुलाई चामल, चिउरा, पैसालगायत दान गरिएको थियो । बज्रसत्व पूजामा आनन्दमुनि बज्राचार्यले बज्रसत्वको नृत्य तथा राजगुरु मञ्जुश्रीरत्न बज्राचार्यले विशेष पूजा गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दे थाय्पा धुपरत्न बज्राचार्यको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । दे आचार्य गुठीको पहिलो दिन…
Read Moreलुम्बिनी संरक्षणको मुद्दा सर्वोच्चमा, अशोक पिलर मक्किदै गएकोमा संरक्षणको माग
विश्व सम्पदामा सूचीकृत लुम्बिनी संरक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणमा प्रतिकूल असर गर्ने गरी निजी उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै बुधबार रिट दर्ता भएको हो । केही व्यक्तिको स्वार्थपूर्तिको लागि प्रदूषणयुक्त निजी उद्योगलाई स्वीकृति प्रदान गर्नु संविधान, विभिन्न राष्ट्रिय कानुनी व्यवस्था, औद्योगिक प्रवर्द्धन बोर्डको निर्णय तथा अन्तराष्ट्रिय कानुनविपरीतको कार्य हो भन्दै सम्पदा संरक्षण अभियन्ताले रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण…
Read Moreबुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
तीन बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । दक्षिण एशियामा जातीय र धार्मिक द्वन्द्व न्यूनीकरण गरी शान्ति स्थापनाका लागि प्रयास गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापनाका लागि सबै देशले सहकार्य गर्ने तथा प्रत्येक वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने निर्णय गरी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका निर्णय आज लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सार्वजनिक गरिएको सो सम्मेलनका सहसंयोजक सुजिता भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘दक्षिण एशियामा…
Read More