साँखुका बौद्ध विहारसम्बन्धी पुस्तक सार्वजनिक

अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय कौडण्य महास्थविरले शनिबार प्रा. विद्याकुमारी बज्राचार्यद्वारा लिखित साँखुस्थित बौद्ध विहारहरु एक अध्ययन नामक पुस्तकको विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि भिक्षु कौडण्य महास्थविरले साँखु थेरवाद बुद्धधर्मको इतिहासमा महत्वपूर्ण ऐतिहासिक स्थल भएको र यहाँको बौद्ध विहारहरुको महत्वसम्बन्धी  प्रकाश पार्दै सुख शान्तीपूर्वक जीवनयापन गर्नका लागि मानिसले आप्mनो ईन्द्रिय संयम राख्नुपर्ने तथा आहारविहारमा समेत ध्यान पुर्याउनु पर्ने कुरा बताए । साथै प्रा.विद्याकुमारी बज्राचार्यले ७ दशक नाघेको अवस्थामा पनि यसरी शारीरिक र मानसिक रुपमा क्रियाशील भइरहेकोमा अरु महिलालाई पनि प्रेरणा मिलेको दावी गरे ।

थेरवाद बुद्धिष्ट एकेडेमीका संयोजक महेन्द्र रत्न शाक्यले साँखुको गुं विहार नेपालमण्डलको पहिलो विहार भएको र यो विहार सम्राट अशोकले धर्मदूतहरु पठाउने क्रममा हिमवत् प्रदेशमा पनि धर्मदूतहरु पठाएको जुन नेपालमण्डल रहेको र यहाँ साँखुस्थित विहार बनाएर बसेको हुनसक्ने बताए ।

लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष श्रद्धेय भिक्षु निग्रोध महास्थविरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिक्षुमहासंघबाट लेखिका प्रा.विद्याकुमारी बज्राचार्यकी दिवंगत जहान लोकबज्र बज्राचार्य, भाई जुद्धरत्न बज्राचार्यको निर्वाणको कामना सहित परित्राण पाठ गरिएको थियो ।

Share

Related posts

Leave a Comment