ताप्लेजुङमा तेस्रो वज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन्न

ताप्लेजुङ, सुकेटारमा तेस्रो विश्व शान्ति पूजा (वज्रगुरु मन्त्र जप) कार्यक्रम परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूको प्रमुख अथिति तथा विभिन्न टुल्कु रिन्पोछे, लामा गुरुहरु लगयात हजारौं उपसक उपसिकाहरुको समुपस्थितिमा सम्पन्न भएको छ ।

चैत्र २०, २१ र २२ गते, तीन दिने वज्रगुरु मन्त्र जप कार्यक्रममा परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूबाट धार्मिक प्रवचन, फोवा (संक्रांति) को आगम, वज्रसत्वको अभिशेक र आयु अभिषेक प्रदान गर्नुभएको थियो । मन्त्र जप कार्यक्रममा आचार्य नुर्बु शेर्पाबाट तीनै दिन नेपाली भाषामा धार्मिक प्रर्वचन दिनु भएको थियो ।

Share

Related posts