लुम्बिनी विश्‍वशान्ति शहर बनाउने विषयमा मुख्यमन्त्री र परिकल्पनाकार क्वाकबीच छलफल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्ति शहरका परिकल्पनाकार तथा योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनसँग लुम्बिनीको बृहत्तर गुरुयोजनाका विषयमा छलफल गरेका छन्।

भेटमा प्रा। डा। क्वाकले लुम्बिनीलाई विश्वकै आर्कषक शान्ति शहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरे। क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो।

बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्ने भनिएको शान्ति शहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आर्कषक बनाउने र लुम्बिनीको महत्व बढाउने खालको रहेको डा. क्वाकको भनाई छ। भेटमा मुख्यमन्त्रीले लुम्बिनी विकास कोष क्षेत्र संघीय सरकारसँग रहेको र त्यसभन्दा बाहिरको क्षेत्र प्रदेशलाई जिम्मा दिन माग गरेको बताएका थिए।

संघीय सरकारले जमीन एकीकृत गरी अघि बढ्न प्रदेश सरकारलाई अधिकार दिए प्रक्रियामा अघि बढ्न सकिने उनले बताए। उनले लुम्बिनीको विकासका लागि डा.क्वाकको चासोको प्रशंसा गर्दै भेटेर कुरा गर्न पाउँदा खुशी लागेको बताएका थिए।

Share

Related posts

Leave a Comment