मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ ।
उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो ।
महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो । महायोगको साधनाबाट सिद्धि तथा बुद्धत्व प्राप्तिका लागि योग अभ्यास, पूजापाठ लगायतका विविध कार्यक्रम गरिएको थियो ।

