बौद्ध धर्मावलम्वी वज्राचार्य तथा शाक्यहरुले चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायतका परिकार दान गरेर मनाइने पर्व पञ्चदान अमेरिकास्थित टेक्सासमा पनि मनाइयो । टेक्सासस्थित नेप्लिज बुद्धिष्ट एसोसियसनले आयोजना गरेका पञ्चदानमा त्यहाँ रहेका बौद्ध धर्मावलम्वी सहभागि थिए । Photo Credit : Sunil Shakya
Read MoreCategory: समाचार
चारुमतीमा एक महिने गुंला बुद्ध पूजा सम्पन्न
काठमाडौँको चावहिलस्थित चारुमती स्पुतमा भइरहेको एक महिने गुंला बुद्ध पूजा शनिबार सम्पन्न भएको छ । पूजा अवधिभर स्तुप परिसरमा धर्मदेशना तथा परित्राण पाठ गरिएको थियो । एक महिने बुद्ध धर्मपूजाको जिम्मा लिई जलपान र धर्मपूजामा सहयोग पुर्याउने उपासक उपासिकाहरु समेत समापन कार्यक्रममा सहभागि थिए । चारुमती स्तुपका प्रमुख भिक्षु तपस्सी धम्मले पूजा सम्पन्न भएसँगै एक महिने पूजा आयोजनामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै बुद्धका ज्ञान तथा उपदेशलाई सबैले पालना गरेको खण्डमा विश्वमै शान्ति छाउने बताए ।
Read Moreविख्यात धर्मगुरु क्याव्जे सोग्याल रिम्पोचेको निधन
विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार तथा बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेले समाधि लिनुभएको छ । रिम्पोचेको ७२ वर्षको उमेरमा बुधबार थाइल्याण्डमा निधन भएको हो । धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भएको थियो । जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा…
Read Moreबुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा
बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् । करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनि लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कात्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको…
Read Moreधर्मदेशना कार्यक्रम, अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार, पोखरा, रानिपौवा
अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार पोखरा रानिपौवामा आज भाद्र ७ गते श्रध्देय गुरु गेसे लोप्साङ दावाज्युले बुद्ध धर्मका महत्वका सम्बन्धमा सारगर्भित धर्मदेशना दिनुभयो । बौद्ध कसलाई भन्ने ? कसरी शुद्ध बौद्ध हुन सकिन्छ ? बुद्ध धर्ममा त्रिरत्नको ज्ञान र अभ्यास, चारआर्यसत्य, अस्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पादको महत्व आदि विषयमा चर्चा गर्नु भएको थियो ।
Read Moreसंघनायकको अभिनन्दन
अखिल नेपाल भिक्षु महासंघले केही समय अघि संघनायक चुनिएका भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई शनिबार अभिनन्दन गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा कार्यक्रम गर्दै संघनायकलाई अभिनन्दन गरिएको हो । संघनायकको अभिनन्दन समारोहमा उपराष्ट्रपति नन्दकिशोर पून प्रमुख अतिथिको रुपमा सहभागि थिए । अभिनन्दन समारोहमा संघनायक ज्ञानपूर्णिक महास्थवीरको बुद्ध शासनिक योगदानको स्मपरण पनि गरिएको थियो । अभिन्दन समारोहमा देशका विभिन्न स्थानमा रहेका विहार तथा बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थाको सहभागिता रहेको थियो ।
Read Moreकसले गर्यो काँक्रेविहारमा तोडफोड ?
अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो । स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो । “उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ”, उहाँले भन्नुभयो, “प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।” दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने…
Read Moreलुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
रुपन्देही, २३ साउन (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । आगामी डिसेम्बरभित्रै अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भन्नुभयो “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि…
Read Moreबुंगमतीमा पद्मपाणी लोकेश्वरको प्रतिमामा प्राण प्रतिष्ठान गरिदै
बज्रयानी परम्परा अनुसार ललितपुरको बुंगमतीमा निर्माण गरिएको पद्मपाणी लोकेश्वरमा प्राण प्रतिष्ठान पूजा गरिदैछ । पूजा दुई दिनसम्म जारी रहनेछ । करीब ९ महिना अगाडि बुङ्ग देय् पुखुमा पद्मपाणी लोकेश्वरको प्रतिमा ठड्याउन चाहिने थाम स्थानीय वासिन्दाको श्रमदानमा बनाइएको थियो । थाम बनाउने काठ भूकम्पबाट ध्वस्त बुङ्गद्य मन्दिरको निनाहबाट लिइएको हो । करिब ५ फिट अग्लो पद्मपाणी लोकेश्वरको तामाको प्रतिमा विहिबार बुंग देय् पुखु बीचको थाममा प्रतिष्ठा गरिदैछ । पद्मपाणी लोकेश्वरको तामाको प्रतिमा जनप्रतिनिधिको उपस्थितिमा धुमधामका साथ जात्रा नगर परिक्रमा गरी देय् पुखु बीचको थाममा राखिएको छ ।
Read Moreनयाँ दिल्लीमा आनीले गुञ्जाइन बौद्ध मन्त्र
नयाँ दिल्ली स् गायिका आनी छोइङ डोल्मा आफ्ना चर्चित गीतका साथ भारतको राजधानी नयाँदिल्लीमा सोमबार गुञ्जिएकी छन्। उनले संगीतकार न्ह्यु वज्राचार्यका साथमा उनले आफ्ना चलेका नम्बर प्रस्तुत गरिन्। साताव्यापी एकल प्रस्तुतिका लागि उनी दिल्ली आइपुगेकी हुन्। उनी मुम्बईबाट आइतबार दिल्ली पुगेकी हुन्। ‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएकी हुन्। यसअघि मुम्बईको जे मेरियट होटलमा पनि उनले सांगीतिक प्रस्तुति दिएकी थिइन्। दिल्लीको प्रस्तुतिको प्रचार गर्न दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका थिए। आनीले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बताइन्। यसअघि…
Read More