अखिल नेपाल भिक्षु महासंघले केही समय अघि संघनायक चुनिएका भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई शनिबार अभिनन्दन गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा कार्यक्रम गर्दै संघनायकलाई अभिनन्दन गरिएको हो । संघनायकको अभिनन्दन समारोहमा उपराष्ट्रपति नन्दकिशोर पून प्रमुख अतिथिको रुपमा सहभागि थिए ।

अभिनन्दन समारोहमा संघनायक ज्ञानपूर्णिक महास्थवीरको बुद्ध शासनिक योगदानको स्मपरण पनि गरिएको थियो । अभिन्दन समारोहमा देशका विभिन्न स्थानमा रहेका विहार तथा बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थाको सहभागिता रहेको थियो ।



