जापानमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु

जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति बनाइदैछ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् मोरङ, उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी । मूर्ति बनाउने कार्यमा उनको नेत्तृत्वमा नेपालकै सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू संलग्न छन् । सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् । यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने…

Read More

रामग्राममा बौद्ध सङ्ग्रहालय स्थापना हुँदै

मोहन पौडेल गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले सङ्ग्रहालय निर्माणका लागि आवश्यक जग्गा खोजी भइरहेको रामग्राम नगरपालिकालाई जग्गा उपलब्ध गराउन पत्राचार गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,…

Read More

खतरामा लुम्बिनी !

लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदुषण रोकिएको छैन। लुम्बिनी क्षेत्र पछिल्लो समय मुलुककै सबभन्दा प्रदुषण हुने क्षेत्र बनेको छ। यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो। भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि चुनौति बनेका छन्। लुम्बिनीको महत्वपूर्ण प्रमाण अशोक स्तम्भ क्षयिकरणले यो अत्याधिक जोखिममा रहेको पुष्टि गरेको छ। सन् २०१३ मै युनस्कोले…

Read More

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्ष्भित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्रा्ष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिनुभएको हो । जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गर्नुभएको थियो । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण…

Read More

गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने

विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ । यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन् । यो पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ । विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करीब दुई दशकपछि प्रयोगमा ल्याएको हो । यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा)समेत प्रयोगमा ल्याइने सञ्चारकर्मीसमेत रहनुभएका मध्यपुरथिमिका स्थानीयवासी केके मानन्धरले बताउनुभयो । “यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने…

Read More

परियत्ती शिक्षाको विकासमा ललितपुर महानगरपालिकाले सहकार्य गर्ने

बौद्ध शिक्षा दिने उद्देश्यले अखिल नेपाल भिक्षु महासंघद्वार सञ्चालित बौद्ध परियत्ती शिक्षाको विकासका लागि ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भएको छ । परियत्ती शिक्षाको विकासमा कसरी योगदान दिन सकिन्छ भनेर केही दिन अघि महानगरपालिकाका पदाधिकारी र बौद्ध भिक्षुहरु बीच छलफल समेत भएको थियो ।

Read More

लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर

गौतम बुद्धको जन्मस्थल सम्बन्धी विभिन्न मुलुकमा रहेको भ्रम चिर्ने अभियानमा लागिरहेका चर्चित गायक धिरज राईले सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै यो अभियानमा पर्वतारोहीलाई पनि संलग्न गराएका छन् । पासाङ ल्हामु पर्वतारोहण केन्द्रमा भएको कार्यक्रममा गायक राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको बुद्धको तस्वीर अंकित स्टीकर लुक्लादेखि सगरमाथाको चुचुरोसम्म राखिने बताए । ‘पर्वतारोहीले चिर्नेछन् बुद्धको भ्रम’ शीर्षकमा सुरु हुने यो अभियानमा गायक राईलाई १६ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पाले साथ दिदैछन् । शेर्पाले बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टीकर सगरमाथाको चुचुरोसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा ५०…

Read More

अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्र, कार्यालयको औपचारिक उद्घाटन

धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाई र परिकल्पनामा बुद्ध जन्मस्थल लुम्बिनीमा बनाइन लागिएको अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेको छ । महाशिद्ध स्याक्चुरी फर युनिभर्सल पिस नामक उक्त ध्यान केन्द्र परियोजनाको कार्यालयको शुक्रबार काठमाडौँको महांकालमा औपचारिक उद्घाटन गरियो । कार्यक्रममा आर्किटेक्ट जोनी क्याम्बर र स्ट्रक्चरल इन्जिनियर वोङ सेयाङले ध्यान केन्द्रको भिडियो प्रेजेन्टेसन गरेका थिए । धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले ध्यान केन्द्रको अवधारणा सन् २०१३ देखि सुरु भएको बताए । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्ल्यू.वेरी पनि सहभागि थिए । उनले ध्यान केन्द्र सबै धर्मावलम्वीका लागि साधना गर्ने स्थान…

Read More

समर क्याम्पमा बुद्ध शिक्षा

विद्यार्थीलाई बुद्ध शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले गरिएको २ दिने समर क्याम्प सकिएको छ । युवा बौद्ध संघ नदीपुर, पोखराले गरेको उक्त क्याम्पमा विभिन्न विद्यालयका ३५ विद्यार्थी सहभागि थिए । विद्यालय तहदेखि नै बौद्ध शिक्षा दिदाँ उनीहरुमा सकरात्मक सोचको विकास हुनुका साथै शान्ति र करुणाको भावना समेत विकसित हुने आयोजकको भनाई छ । क्याम्पमा सहभागि भएका विद्यार्थीले बौद्ध शिक्षाको व्यवहारिक ज्ञान पाउँदा आफुहरु हर्षित बनेको प्रतिक्रिय दिएका छन् । २ दिने क्याम्पमा लिएको शिक्षाले बौद्ध शिक्षाको विषयमा थप जान्न हौसला मिलेको समेत उनीहरुले बताएका छन् ।

Read More

गुम्बा पुनःनिर्माणको रकम फ्रिज

विसं २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणका लागि प्राप्त बजेट काम नै शुरु नभई फ्रिज भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत क्षति भएका गुम्बाको लाभग्राही सूची नै प्रकाशित नगरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा गुम्बा पुनःनिर्माणको काम शुरु नै भएको छैन । तर असारको अन्तिम सातामा आएर लाभग्राहीको सूचीमा परेका गुम्बाको विवरणसँगै पुनःनिर्माणका लागि प्राप्त रु एक करोड ७४ लाख ६० हजार रकम भने रकम सम्झौतासमेत गर्न नपाउँदै फ्रिज भएको हो । अर्थ मन्त्रालयबाट समयमै बजेट विनियोजन नभएका कारण गुम्बा पुनःनिर्माणको काम शुरु गर्न नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला…

Read More