बुंगमतीमा पद्मपाणी लोकेश्वरको प्रतिमामा प्राण प्रतिष्ठान गरिदै

बज्रयानी परम्परा अनुसार ललितपुरको बुंगमतीमा निर्माण गरिएको पद्मपाणी लोकेश्वरमा प्राण प्रतिष्ठान पूजा गरिदैछ । पूजा दुई दिनसम्म जारी रहनेछ ।


करीब ९ महिना अगाडि बुङ्ग देय् पुखुमा पद्मपाणी लोकेश्वरको प्रतिमा ठड्याउन चाहिने थाम स्थानीय वासिन्दाको श्रमदानमा बनाइएको थियो । थाम बनाउने काठ भूकम्पबाट ध्वस्त बुङ्गद्य मन्दिरको निनाहबाट लिइएको हो ।
करिब ५ फिट अग्लो पद्मपाणी लोकेश्वरको तामाको प्रतिमा विहिबार बुंग देय् पुखु बीचको थाममा प्रतिष्ठा गरिदैछ ।

पद्मपाणी लोकेश्वरको तामाको प्रतिमा जनप्रतिनिधिको उपस्थितिमा धुमधामका साथ जात्रा नगर परिक्रमा गरी देय् पुखु बीचको थाममा राखिएको छ ।

Share

Related posts

Leave a Comment