बोधगयामा बुद्धले बैशाख पूर्णिमा तिथिमा बुद्धत्व ज्ञान प्राप्त गरेपछि त्यहीँ सात स्थानमा १ हप्ताको दरले सात हप्ता बिताउनु भएको थियो । छैटौं हप्ता मुचलिन्द बृक्षमुनी बस्नुहुँदा ठूलो हावाहुरी असिना पानी आएको थियो । त्यस बेला बुद्धको ध्यान भङ्ग नहोस् भनी मुचलिन्द नामक नागराजाले आफ्नो फणा फिजाई छाता ओढाएर बुद्धको रक्षा गरेको थियो । एक समय सर्पको टोकाइबाट एक भिक्षुको मरण भएपछि बुद्धले पनि सर्प जातीको भय र टोकाईबाट रक्षा हुन चार नागराजाहरुलाई मैत्री पुर्याउनु खन्ध सुत्र पाठ गरिरहनु भनी भिक्षुहरुलाई उपदेश दिनु भएको छ । खन्ध सूत्रको केही अंश हेरौंः…
Read MoreCategory: विविध
गौतम बुद्धको वशीकरण (मोहिनी)मन्त्रलाई बुझौँ
एकपल्ट बुद्ध बैशालीमा हुँदा भद्दीय बुद्धकहाँ आइ भने “बुद्धले सामान्य मानिसलाई मात्रै नभई अन्य धर्म तथा संस्कारमा रहेकालाई पनि आफ्नो अनुयायी बनाउन सक्नुमा पक्कै उहाँको मायाजाल(वशीकरण, मोहिनी मन्त्र)को हात हुनु पर्छ!“ बुद्धले भने “भद्दीय कसैले नौलो कुरा भन्दैमा पत्यार नगर्नु, ग्रन्थमा छ भन्दैमा, तार्किक छ भन्दैमा, राम्रो छ भन्दैमा, मतानुकुल छ भन्दैमा स्वीकार नगर्नु, भन्ने मान्छे राम्रो छ वा गुरुले भनेको भन्दैमा विश्वास नगर्नु । पहिला आफैले विचार गर कि त्यो कुरा हित हुन्छ कि हुन्न, दुख कम हुन्छ कि हुन्न । तिमी नै भन कि लोभ, द्वेष र मुर्खताले…
Read Moreकाठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको प्राचीन सम्बन्ध
काठमाडौँ उपत्यका बौद्ध धर्मको विस्तार, अभ्यास र संरक्षणाका लागि परापुर्वकालदेखि नै महत्वपुर्ण रहँदै आएको छ । यहाँ रहेका बौद्धनाथ, स्वयम्भूनाथ लगायत टोल टोलमा रहेका विहार तथा वहिल अनि काठमाडौँबासीको दैनिक जीवनसँग जोडिएको बौद्ध संस्कार यसका उद्धाहरण हुन् । उपत्यकाको प्राचीन इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुमा आधारित छ । काठमाडौँको इतिहासको जानकारी दिने धार्मिक ग्रन्थहरुमध्ये स्वयम्भू पुराण पनि प्रमुख हो । स्वयम्भू पुराण अनुसार काठमाडौँ उपत्यका प्राचीन समयमा एक दह थियो । दहको नाम नागदह थियो । उक्त दहमा महाचीनका बुद्ध धर्मका बोधिसत्व मञ्जुश्रीले अलौकिक रश्मी देखेर मानव वस्ती बसाउने निर्णय…
Read Moreनेपालमा थेरवादी विहार
मुनीन्द्ररत्न वज्राचार्य रगत–मासुले बनेको मानव शरीरको रक्षा गर्न अन्न, वस्त्र र आवास आदिको आवश्यक छ भन्ने कुरालाई गौतमबुद्धले पनि भन्नुभएको छ । मानव शरीर रक्षानिम्ति आवासीय आवश्यकताको सत्यलाई बुझाउन बुद्धले विहार दानको पुण्य कार्यको अनुमोदन गर्नुभयो । बुद्धका पालामा पनि विहार रहेको कुरा धेरै सूत्रमा उल्लेख छ । विहार भन्नाले बस्ने क्रिया अर्थात् आराम लिने, ज्ञान लिने केन्द्रका रूपमा बोध हुन्छ । त्यो बेला बौद्ध विहारहरूलाई गन्धकुटी पनि भन्ने गरिन्थ्यो । त्यो बेलाका प्रसिद्ध बौद्ध विहार अर्थात् गन्धकुटीहरूमा वेणुवन, जीवक आम्रवन, जेतवन, पूर्वाराम, राजकाराम, निग्रोधराम, कालखेमकाराम, अम्बपालीवन, घोषिकाराम, कुक्कुराम, कालकाराम,…
Read Moreकीर्तिपुरको अनौठो बौद्ध चैत्य
काठमाडौं । कीर्तिपुरको पुरानो बस्ती मच्छेगाउँ । मत्छेनारायण लगायतका धार्मिक स्थलहरू रहेको यस ठाउँमा गाईपालक गोपालीहरूको प्रचिनकालदेखि बसोबास रहँदै आएको छ । यहाँ नेपालको अन्य ठाउँमा नभएको बौद्ध चैत्यसमेत छ । चैत्यभित्र अर्को चैत्य रहनु नै यसको मुख्य विशेषता हो । गोपालीहरूको पुर्ख्यौली थलो मच्छेगाउँ, जहाँ प्राचिनकालदेखि विभिन्न समुदायको बसोबास रहँदै आएको छ । हाल यहाँ विशेष गरी गोपाली, मानन्धर र ज्यापु लगायतका समुदाय बस्ने गर्दछन् । नरहरिपुर र मीनतीर्थ पनि भनिने यहाँ मत्च्छेनारायणको प्रसिद्ध धार्मिक स्थल छ । यही परिसरमा एउटा अनौठो बौद्ध चैत्यसमेत रहेको छ । मानन्धर दिदी–बहिनीले…
Read Moreडोल्पाका गुम्बाहरुमा मूर्ति चोरीबारे पुरातत्वलाई ध्यानाकर्षण
सरोकारवालाहरुले डोल्पाको गुम्वाहरुमा भइरहेको मूर्ति चोरी र गुम्वाहरुको संरक्षण सम्बन्धनका लागि पुरातत्व बिभागको ध्यानाकर्षण गराएका छन् । डोल्पाको याङजेर गुम्वाबाट २८ थान मूर्ति चोरी भइ फेला परेको १४ बर्ष पूरा भएको अवसरमा पुरातत्व विभागमा सरोकारवालाहरुले नेपालको ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भीर हुन ध्यानाकर्षण गराएका हुन् । कार्यक्रममा सरोकारवालाहरुले मूर्ति तस्करमाथि आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने, उपल्लो डोल्पाको साविकका सल्दाङ, धो–फोक्सन्डो, भिजेर तिन्जे, छार्का र मुकोटमाा स्थायी चौकीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । माथिल्लो डोल्पामा शैक्षिक, स्वास्थ्य तथा यातायात लगाएतका बिभिन्न बिकासका पूर्वाधारहरुमा पछाडि पारिएकाले धेरै आपराधिक क्रियाकलाप बढ्न थालेको…
Read Moreबौद्ध धर्मका केही आधारभुत जानकारी
बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा…
Read Moreत्यो बुद्धभूमि जहाँबाट सुरु भयो विश्वमै पहिलोपटक गणतन्त्र
बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो । प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा…
Read Moreकिन राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने ?
भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…
Read Moreआचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछेको संक्षिप्त परिचय
आचार्य सार्की शेर्पा १. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले…
Read More