भिक्षु कश्यप अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले ‘यो अनन्त विशाल अस्तित्व छ’ मात्र जनाउँछ। सृष्टिले ‘यो अनन्त विशाल अस्तित्व छ, किनकी कसैले सृष्टि गरेको छ’ भन्ने बुझाउँछ। भव वा सृष्टिका बारेमा मानिसमा आदिकालदेखि नै कौतुहलता रहँदै आएको छ। भव अनादिकालदेखि छ कि आदिकालमा सुरू भएको हो? भव वा सृष्टि स्वयम्भू (आफैं निर्मित) हो कि यसको सृष्टिकर्ता कोही छ? छ भने, उसले कुन उद्देश्यले सृष्टिको रचना ग¥यो? अनि सृष्टि छ भने…
Read MoreCategory: विविध
बुद्धको दर्शनः दुःख–सत्य र दुःख मुक्तिको बाटो
आर. मानन्धर ‘सत्य के हो?’ मानवजाति सभ्यतामा प्रवेश गरेकै दिनदेखि चिन्तन थालिएको विषय हो यो । यसै प्रश्नमा घोत्लिँदै कति दार्शनिक जन्मिए, कति ऋषिमुनि भए । यही सत्यको खोजको परम्परामा २६०० वर्षअघि एउटा नाम जोडिन्छ — सिद्धार्थ गौतम । राजकुमार थिए उनी । तर उनले सत्यको खोजीमा दरबार त्यागे । दरबारको सुखसयल त्यागे । उनी एक्लै सत्यको खोजीमा जंगल पसे । अनेक दुःखकष्ट सहेर छ वर्षसम्म खोजेपछि उनले सत्य भेट्टाए । अनि उनले चार सत्य प्रस्तुत गरे । ती सत्य के हुन् त ? के ती सत्य दार्शनिक, दुरूह, बुझ्न…
Read Moreरहस्यले भरिएको काक्रे विहार
सेवा भट्टराई सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो । करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा…
Read Moreभगवान बुद्ध र सारीपुत्रको अन्तिम भेट
भगवान बुद्ध श्रावस्तीको जेतबन बिहारको गन्धकुटीमा बिहार गर्नुहुन्थ्यो । पाँचसय भिक्षुहरुलाई साथमा लिएर सारिपुत्र त्यहाँ पुगे । तथागतलाई अभिबादन गरेर सारीपुत्रले निवेदन गरे कि अब मेरो अन्तिम समय धेरै समीप आइसकेको छ । के तथागत अब मलाई शरीर त्याग्ने अनुमती दिनुहुन्छ ? भगवान बुद्धले सारीपुत्रलाई सोध्नुभयो:-“के तिमीले आफ्नो परिनिर्वाणका लागी कुनै स्थान विशेष छानेको छौ ?” सारीपुत्रले जवाफ दिए:-“म मगधको नालक नामक गाउँमा जन्मिएको हुँ । जुन घरमा जन्मिएको थिए त्यो अहिले पनि छ । मैले त्यसै घरलाई छानेको छु ।” तथागतले भन्नुभयो:-“प्रीय सारीपुत्र ! जे राम्रो लाग्छ त्यो गर…
Read Moreपरित्राण पाठ के हो र यो किन गरिन्छ ?
बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति,…
Read Moreआचार्य पद्मसम्भव (गुरु रिन्पोछे) लाई चिनौ नजिकबाट, संक्षिप्त जानकारी
१. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकारिन्छ । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले मन्त्रद्वारा भूत, प्रेत,…
Read MoreThe mountain Yogi मिला रेपा : विशेष जानकारी
सांगे लेग्देन गुरुङ (भूपेन) (1052 ई. – 1135 ई.) तिर हिमालय क्षेत्रको सबैभन्दा प्रसिद्ध योगि तथा कवि मध्ये एक हुनुहुन्थ्यो । मिला रेपा, मिला उहाको पूर्वजले पाएको उपाधि हो । उहाँको पुर्वज जोसे , एकदमै रिद्धिसिद्धि प्रात लामा हुनुहुन्थ्यो उहालाई लोकले दिएको सम्माननै उहाको वंशको प्रायःजसोलाई मिला भनिन्थ्यो । पिता मिला शेराप ग्याल्छेन अर्थात प्रज्ञाध्वज ) माता कर्मो ग्येन अर्थात श्वेत रत्नाको कोख बाट जन्मदिनु भएको थियोे मिला रेपा । उहाँको जिजु बाजेहरु ञिङमापा परम्पराको लामा हुनुहुन्थ्यो भने उहाको बाजे मिला दोर्जे सेङ्गे र उहाको पिता चाहिँ प्रख्यात ब्यापारी हुनुहुन्थ्यो ।…
Read Moreज्ञानको प्रतिक मन्जुश्री
सांगे लेग्देन गुरुङ (भूपेन) महयान बौद्ध धर्ममा अति पुज्य एवम् लोकप्रिय नाम हो मंजुश्री । गतिविधि अझ भनौं जगतहितार्थ उच्च भुमि धर्ममेघा शिरोमणिमा रहेर सर्वकल्याणको कार्यार्थ महाबोधिसत्व हुनुभए पनि । नितार्थमा उहाँ बुद्ध बुद्धत्वनै हुनुहुन्छ । जगतहितार्थ उहाजस्तै आठ उपपुत्र सदैव करुणा तथा मैत्रीपूर्णभावले जगतकल्याणको कर्म साधानामा लागि पर्नु भैरहनु हुन्छ ,मंजुश्री जस्तैः आठ कल्याण उपपुत्रहरु चाहि , ཉེ་བའི་སྲས་ཆེན་བརྒྱད། आठ उपपुत्र , १)འཇམ་པའི་དབྱངས། ་(मंन्जुश्री ) २)ཕྱག་ན་རྡོ་རྗེ། वज्रपाणि ३)སྤྱན་རས་གཟིགས། अवलोकितेश्वार ४)ས་ཡི་སྙིང་པོ། क्षितिगर्भ ५)སྒྲིབ་པ་རྣམ་སེལ།सर्वनिवरणविष्कम्भी ६)ནམ་མཁའི་སྙིང་པོ། आकाशगर्भ ७)བྱམས་པ། मैत्रेय ८)ཀུན་ཏུ་བཟང་པོ། समन्तभद्र यहाँ आठ मध्ये चर्चा गरिएको उहाँ मंजुश्रीको जन्मस्थल चाहि चीन देशमा हो…
Read Moreबौद्ध शिक्षाको प्रवर्धनमा अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार
गौतम बुद्धको महापरिनिर्वाण पछि बौद्धमार्गीका लागी चार स्थान विशेष रहेका छन् । बुद्धले पहिलो आँखा उघारेको स्थान लुम्बिनी, बुद्धत्व पाएको बोधगया, बुद्धत्व प्राप्ति पछि पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण गरेको कुशीनगर । यी चार स्थानमध्ये पनि बुद्धको जन्मस्थल भएको कारण लुम्बिनी अझ बढी महत्वपुर्ण रहेको छ बौद्धमार्गी माझ । बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र क्षेत्रमा रहेको एउटा विहार हो अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा यो विहार रहेको छ । विहारको स्थापना जटिल भन्तेले विक्रम सम्बत २०५८ सालमा गरेका हुन् ।…
Read Moreथेरवाद बुद्धधर्ममा कथिन दानको महत्व
पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…
Read More