बौद्ध धर्ममा शुन्यताको अर्थ सबै चीजको अनित्य र आश्रित स्वभाव हो। यसको मतलब कुनै पनि चीज आफैंमा स्थायी वा स्वतन्त्र अस्तित्व छैन। सबै चीज एक अर्कासँग जोडिएका छन् र परिवर्तनको प्रक्रियामा छन्। शुन्यतालाई बुझ्दा हामीले संसारलाई अझ यथार्थपरक रूपमा हेर्न सक्छौं र आसक्तिबाट मुक्त हुन सक्छौं। शुन्यताको महत्त्वः वास्तविकताको सही बुझाइः शुन्यताले हामीलाई संसारलाई जस्तो छ त्यस्तै रूपमा हेर्न मद्दत गर्दछ, हाम्रो आफ्नै अपेक्षाहरू र धारणाहरूद्वारा विकृत नगरिकन। आसक्तिबाट मुक्तिः जब हामी शुन्यतालाई बुझ्छौं, हामी भौतिक चीजहरू र अस्थायी अनुभवहरूमा हाम्रो आसक्तिलाई कम गर्न सक्छौं। यसले हामीलाई शान्ति र सन्तुष्टि…
Read MoreCategory: विविध
हिमालय बौद्ध परम्परा, ४ सम्प्रदायको सुरुवात र विशेषता
हिमालयन बौद्ध परमपरामा ४ प्रमुख सम्प्रदाय छन्, जसलाई प्रायः तिब्बती बौद्ध धर्मको संरचना अन्तर्गत राखिन्छ। यी सम्प्रदायहरू न्यिङमा, काग्यु, साक्य, र गेलुग हुन्। यी सम्प्रदायहरूको स्थापना ऐतिहासिक रूपमा विभिन्न गुरूहरूद्वारा भएको थियो, जसले आफ्ना आफ्ना दर्शन, अभ्यास, र अनुष्ठानहरूलाई विकसित गरेका थिए। १. ङिङ्मा सुरु भएको समयः ८औँ शताब्दी। संस्थापकः गुरु पद्मसम्भव (गुरु रिन्पोचे)। विशेषताः यो हिमालयन बौद्ध धर्मको सबैभन्दा पुरानो सम्प्रदाय हो। यसमा “जोग्छेन“ (महान पूर्णता) अभ्यासको महत्त्वपूर्ण भूमिका छ। उत्पत्तिः तिब्बतमा बौद्ध धर्मको प्रारम्भिक विस्तारका क्रममा। २. काग्यु सुरु भएको समयः ११औँ शताब्दी। स्थापकः मार्पा लोचावा (अनुवादक) र…
Read Moreबुद्धले वाल्यकाल बिताएको तिलौराकोट
लुम्बिनीको नजिकै पर्ने तिलौराकोट कपिलवस्तु जिल्लामा अवस्थित छ । यो क्षेत्र गौतम बुद्धको बाल्यकालको ऐतिहासिक थलोका रूपमा चिनिन्छ । पुरातात्विक तथ्यहरूले यो ठाउँलाई प्राचीन शाक्य राज्यको राजधानी भएको पुष्टि गरेका छन्, जहाँ बुद्धले आफ्नो बाल्यकाल राजकुमार सिद्धार्थका रूपमा बिताएका थिए । तिलौराकोट त्यस्तो स्थान हो जुन सिद्धार्थ गौतमको शिक्षालय र खेल मैदान पनि थियो । तिलौराकोटमा हुँदै उनले वैभव र विलासिताको जीवनमात्रै बिताएनन् यहींबाट उनले संसारको दुःख बुझ्ने मार्गतर्फ कदम चाले । तिलौराकोटमा विभिन्न महत्वपूर्ण संरचनाहरू भेटिएका छन्, जसमा राजदरबारको भग्नावशेष, प्राचीन सहरका पर्खालहरू, मठहरू र पानीको पोखरीहरू समावेश छन्…
Read Moreआज मनाइदैं गरेको ल्हाबब दुछेन ༼ལྷ་བབས་དུས་ཆེན།༽ अर्थात् देव अवतरण महोत्सव के हो ?
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य)हरू प्रदर्शन गर्नु भएता पनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट चन्द्र पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव २०८०, कार्तिक १८ गते शनिबारको दिन परेको छ । लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म…
Read Moreबौद्धधर्मावलम्वीका लागि विजयादशमीको महत्व
विजयादशमीको दिन बौद्ध धर्मावलम्बीहरुका लागि पनि महत्वपूर्ण र विशेष दिन हो । विजयादशमीलाई बौद्ध धर्मावलम्वीहरुले अहिंसा दिवसको रूपमा मान्दै आएका छन् । बौद्ध धर्मावलम्वीमध्ये पनि थेरवादहरुका लागि विजयादशमी अझ विशेष दिन हो । उनीहरु आ–आफ्नो विहारमा यसलाई भव्यताका साथ मान्दछन् । यस दिन हत्या, हिंसा र मारकाटबाट आफूलाई राजाबाट सम्राट बनाउन पुगेका मौर्य राजा अशोकले आफ्नो जीवनमा नयाँ परिवर्तन देखाएका थिए । कलिङको युद्ध उनको विजयी अभियानको अन्तिम युद्ध बन्न पुगेको थियो । यस युद्धमा देखिएको मृत्यु र शोकबाट सम्राट अशोक एकदमै विक्षिप्त बने । उनको यो बेचैनी बालक बौद्ध…
Read Moreबुद्धको नजरमा ‘अछुत’
एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिएका एक व्यक्ति आक्रोशपूर्वक निकै जोडले चिच्याइरहेका थिए । आज मलाई यस धर्मसभामा बस्ने अनुमति किन दिइएन ? यो कस्तो धर्मसभा हो ? शान्त सभामा उनको क्रोधमिश्रित चर्को बोलीले सभाभवन नै गुञ्जायमान भयो । तर, बुद्धले यसतर्फ कुनै चासो दिएनन् । उनी उसैगरी ध्यानमग्न नै रहे । ती आगन्तुकले पहिलेभन्दा पनि झनै चर्को स्वरमा आफ्नो प्रश्न दोहो¥याए । शिष्यहरूले सभामा शान्ति कायम राख्न ती आगन्तुकलाई भित्र आउने अनुमति दिन बुद्धसित अनुरोध गरे ।…
Read Moreबौद्ध धर्ममा महायानको परिभाषा
महायान वर्तमान कालमा बौद्ध धर्मको दुई प्रमुख शाखाहरू मध्ये एक हो । अर्को शाखाको नाम थेरवाद हो । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चीन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर । महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन जÞेनरचान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म । थेरवाद र महायानको फरक थेरवाद शब्दको अर्थ हो श्रेष्ठ पुरुषहरुको कुरा । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन…
Read Moreगुम्बै-गुम्बाको गाउँ चुमनुब्री
गोरखाको चुमनुब्री गुम्बैगुम्वाले भरिएको छ । नयाँ र पुराना गरी ९२ वटा गुम्वा रहेको यहाँ झण्डै ९४ प्रतिशत बौद्ध धर्मालम्वीहरु बसोबास गर्छन् । रिम्पुचेहरुबाट संरक्षित चुमनुब्रीका गुम्बाहरु ध्यान गर्ने र ज्ञान प्राप्त गर्ने थलोको रुपमा परिचित छन् । पिटिसी-श्रृंगी हिमालको काखमा रहेको यो श्रृंगी गुम्बा बौद्धधर्मालम्वी ध्यान र ज्ञान केन्द्रका रुपमा लिने गर्दछन् । गोरखा चुमनुब्रीको शेराङमा रहेको स्थानीय शेरांगी नामले चिनिने श्रृंगी गुम्बामा रेजेन लामाले ८ महिनाको ध्यान गर्दै तपस्या पूरा गरे । उनी अहिले यही गुम्बामा बस्छन् । बेलाबेलामा गुरुका रुपमा रहेको रिम्पुचेको प्रवचन र औतारी लामा दर्शन…
Read Moreकाठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?
कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् । ‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ…
Read Moreपाटनः खुल्ला बौद्ध संगहालय
दुई वर्षजति अगाडि पाटन सहरमा सम्यक् पर्व मनाइएको थियो र यसले धेरैको ध्यान खिचेको थियो । प्रत्येक पाँच वर्षमा मनाइन्छ, यो पर्व । यो पर्व काठमाडौंमा पनि मनाइन्छ अनि भक्तपुरमा पनि । तर बढी चर्चा पाटनको सम्यक् पर्वकै हुन्छ, किनभने यो ठीक समयको अन्तरको ठीक अवसरमा हुने गर्छ । वंशावली अनुसार यो पर्व पाटनमा मनाउन थालेको सात सय वर्ष भयो र यसको सिधा–सिधा सम्बन्ध पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारसँग छ । यो पर्व खासमा दान र दिपंकर बुद्धसँग सम्बन्धित छ । यो पर्वको सबैभन्दा ठूलो विशेषता भन्नु नै विशाल दिपंकर बुद्धका प्रतिमा नागबहालयमा ल्याएर प्रदर्शन गर्नु हो ।…
Read More