श्रावस्ती नजिकैको जंगलमा एक भयानक डाँका अंगुलीमाला बस्ने गर्थे । मानिसहरूको हत्या गरी औंलाका मालाहरू बनाउने उनलाई सबै त्रसित थिए । जब गौतम बुद्धलाई यो विषयमा थाहा पाउनु भयो, त्यसपछि उहाँले अंगुलीमालासँग भेट्ने निर्णय गर्नुभयो ।
बुद्ध शान्तिपूर्वक जंगलतर्फ जानुभयो । अंगुलीमालाले उहाँलाई देखेर पछ्यायो, तर जति प्रयास गरे पनि बुद्धलाई समाउन सकेन । थाकेर, उसले बुद्धलाई रोकिन भन्यो । बुद्धले सहज रूपमा उत्तर दिनुभयो, “म पहिल्यै रोकिएको छु, अब तिमी पनि रोकिनु पर्छ।“ बुद्धको यस्तो भनाइले अंगुलीमालालाई चकित बनायो ।
बुद्धले भन्नुभयो, “मैले हिंसाबाट हात झिकिसकेको छु, तर तिमी अझै हत्या गर्दैछौ। अब तिमी पनि यो सबै रोक।’’ यी शब्दहरूले अंगुलीमालाको मन परिवर्तन गरिदियो । उनले बुद्धसमक्ष आत्मसमर्पण गरी भिक्षु बने । पछि, उनले ध्यान अभ्यास गर्दै आर्य अष्टाङ्गिक मार्ग अपनाए र अर्हतत्व प्राप्त गरे ।
यो कथा परिवर्तन र करुणाको शक्तिको अद्भुत उदाहरण हो । एक हिंस्रक डाँका पनि सही मार्गमा लागेपछि पूर्ण शान्तिमा पुग्न सक्छ भन्ने यसले देखाउँछ ।