बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौं उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। बुद्ध पूजा नै चैत्य पूजा हो, किनभने बुद्ध पूजा गर्नको लागी नै बौद्ध चैत्यहरुको सृजना भएको हो । बुद्ध पूजा गर्नु भनेको तथागतको गुणानुस्मरण गर्नु हो । बुद्धको गुणानुस्मरणले हाम्रो मनलाई स्वच्छ र पवित्र बनाउनुका साथै हामीलाई कुशल कार्य गर्न अभिप्रेरित पनि गर्छ । चैत्यलाई पाली भाषामा चेत्तिय, नेपालीमा चैत्य र नेपाल भाषामा चीभाः भनिन्छ । ४ प्रकारका चैत्य १)…
Read MoreCategory: विविध
१५ सय वर्षदेखि भिरमा झुण्डिएर रहेको एक बौद्ध मन्दिर
करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…
Read Moreराणा रिम्पोचेः भिक्षुलाई देशनिकाला गर्ने चन्द्र शमशेरका खनाति यसरी बने बुद्ध धर्मका विद्याधर महायोगी
कपिलवस्तु — अघिपछि सुसारे–धराले । जस्तो खोज्यो उस्तै सुविधा । रोजेको लाउन–खान मिल्थ्यो । जे सोच्यो, त्यही पुग्थ्यो । राजसी सुखसयल थियो । राम्रो शिक्षादीक्षा प्राप्त गरेका थिए । तैपनि उनी वंश–परम्परा जोगाउनतिर लागेनन्, शासनसत्तामा ध्यान दिएनन् । सुख–सुविधा र लोभ–मोह त्यागेर बुद्धका सच्चा अनुयायी बने । काठमाडौंका ७० वर्षीय श्रीधर राणा रिम्पोछे ध्यानी, तपस्वी, तान्त्रिक, अभ्यासी हुँदै अहिले महायोगी बनेका छन् । उनी पितृवंशमा राणाकालीन महाराज पद्मशमशेरका पनाति हुन्, मातृवंशमा बझाङे राजा जयपृथ्वीबहादुर सिंहका नाति । तत्कालीन डीआईजी नारायणशमशेर र शान्ति शमशेरका जेठा छोरा श्रीधरको सानैदेखि शान्ति र अध्यात्ममा लगाव थियो । सात आठ वर्षको उमेरमा बाबुआमाले के बन्छस्…
Read Moreजसलाई भेट्यो उसैलाई मार्ने अंगुलीमाल कसरी बुद्धको शिष्य बने ?
त्यस बेला बुद्ध कौशल राज्यमा बस्नुहुन्थ्यो । उहाँ गाँउमा भिक्षाटनका लागि निस्किनुभएको थियो । तर गाँउ सुनसान थियो, सबै घरहरूको झ्याल ढोकाहरू बन्द थिए । बुद्ध प्रत्येक घरका अगाडि गएर उभिनुहुन्थ्यो, तर कोही मानिस पनि बाहिर आउन्नथे । बुद्ध कोही पनि मानिस बाहिर नआएकोमा अचम्म मान्दै हुनुहुन्थ्यो । यत्तिकैमा एक जना मानिसले बुद्धलाई हातमा समाए र एक्कासी घरभित्र ल्याए । बुद्धले प्रश्न गर्नुभयो, “वास्तवमा आज गाँउमा के भएको हो ? सबै मलाई बताउनुहोस् ।” उक्त मानिसले बुद्धलाई सबै कुरा सविस्तार सुनाए, “गाँउ नजिकैको वनमा अङ्गुलीमाल नामक डाकु आएको छ र…
Read Moreबौद्ध धर्ममा असार पूर्णिमा अर्थात् गुरु पूर्णिमा
असार पूर्णिमा अर्थात् गुरु पूर्णिमाको महत्व बौद्ध धर्मावलम्बीबीच पनि रहेको छ । बौद्ध धर्ममा असार पूर्णिमाकै दिन गौतम बुद्धले महामायाको कोखमा प्रवेश गर्नु भएको थियो । त्यस्तै आजकै दिन बुद्धले महाभिनिष्क्रमण अर्थात् दरबार छोडेर ज्ञानको खोजीमा निस्कनु भएको थियो । बुद्धत्व प्राप्तिपछि असार पूर्णिमाकै दिन वाराणासी नजिकै ऋषिपतन मृगदाव (सारनाथ)मा सम्यक सम्बुद्धले आफुले पाएको ज्ञानलाई सर्वप्रथम पाँच जना सन्यासीहरु, जो पछि गएर प्रथम वा पञ्चवर्गीय भिक्षुका रुपमा प्रख्यात भए, उहाँहरुलाई धर्म उपदेशबाट अमृतपान गराउनु भएको थियो । यसरी धर्म प्रचार भयो वा धर्मको चक्का घुम्न थाल्यो भन्ने अर्थले धर्मचक्रप्रवर्तन दिवस…
Read Moreपवित्र बौद्ध धार्मिकस्थल नमोबुद्धमा महासत्व राजकुमारको देहदान
बसन्त महर्जन गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय आकर्षणको थलो बनेको छ । जातक कथाअनुसार महासत्व राजकुमारको जन्म राजा महारथ र रानी सत्यवतीको कान्छो छोराको रुपमा भएको थियो । यी राजाको राज्य राजधानी नमोबुद्धभन्दा पश्चिमस्थित वर्तमान पनौतिमा थियो भन्ने मान्यता स्थानीय…
Read Moreबर्मामा बौद्ध धर्मको सम्बन्ध र इतिहास
बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो । कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो । तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए । तर अझै पनि बर्मामा धेरै नेपालीको स्थायी बसोबास रहेको छ । विभिन्न आँकडा अनुसार त्यहाँ करिब २ लाख नेपालीभाषीको बसोबास रहेको अनुमान गरिन्छ । पुरानो बर्मा र हाल म्यानमार भनिने यो देश बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको देश हो । थेरवाद बौद्धमार्गीको बाहुल्यता भएको बर्मासँग बौद्ध इतिहासको लामो सम्बन्ध छ…
Read Moreबज्रयान बौद्ध धर्म अनुसार पञ्च दान
पञ्चदान (वज्रयान बौद्ध प्रचलनमा दानपारमिता) विषय प्रवेश वज्रयान बौद्ध प्रचलनमा काय, वाक र चित्त शुद्धगर्न महत्वपूर्ण बौद्ध अभ्यास भनेको दशपारमिताको अभ्यासमा अभ्यष्त हुनु हो । जसलाई तथागत चर्या भन्ने गरिन्छ । नेपालमण्डलको बौद्ध तथागत चर्यामा, पञ्चदान काय, वाक र चित्तलाई शुद्धगर्ने अभ्यास रहेको छ । तथागत चर्यामा रहेका शाक्य, वज्राचार्यहरुले समेत स्वयम्भू भगवानलाई दीपंकर बुद्धको स्वरुपमा विराजमान गराएर बहाः, बही र स्वयम आफ्नो घरघरमा समेत दानशाला स्थापनागरी दान दिने प्रचलन प्रत्येक युगकोप्रारम्भमा, विविध समयमा हुने गरेको ऐतिहासिक प्रमाण पञ्चदानको समयमा वाचलन गरीने दानगाथाको २७ देखि २९ औं श्लोकमा यसरि उल्लेख…
Read Moreचीन पुग्ने पहिलो नेपाली बौद्ध धर्मका विद्धान, इतिहासले बिर्सिएको एक पात्रः बुद्धभद्र
चिनियाँ बौद्ध धर्मसम्बन्धि जति ज्ञाता नेपाल आउने गर्छन्, उनीहरू प्रायःले बुद्धभद्रबारे चर्चा गर्ने गर्छन् । छैटौं शताब्दीमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनलाई समेटिएको एउटा पुस्तक तयार गरिएको थियो । त्यसको नाम थियो, गाओ सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुहरूको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्दा रहेछन् । त्यसै पुस्तकमा बुद्धभद्रबारे भनिएको छ, उनी कपिलवस्तुमा जन्मेका हुन् । अझ उनी शाक्यवंशी राजा अमृतोदानका वंशज भनिएको छ । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । पाँचौंं शताब्दीमा उनी चीन पुगेका थिए ।…
Read Moreत्रिपिटक यसकारण लिपिबद्ध गरियो
गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सधर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक…
Read More