गण्डकी प्रदेश लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ७ करापुटार रामबजारस्थित “पेमा छ्योलिङ बौद्ध गुम्बा“ को शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । गुम्बा अध्यक्ष खड्क सिंह गुरुङको अध्यक्षतामा धर्मगुरु खेन्पो शिर लामा गुरुङको अगुवाई एवं मार्ग निर्देशनमा, प्रमुख अतिथि गण्डकी प्रदेश सांसद डा. टकराज गुरुङ, र नगरपालिका प्रमुख तथा वडाध्यक्षको उपस्थितिमा गुम्बा शिलान्यास गरिएको हो । गुम्बा निर्माणको लागि ६ आना जग्गा दम्पत्तिद्वय गंगा प्रसाद गुरुङ र श्रीमती मंगली गुरुङले भूमिदान गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा धर्म गुरुहरुबाट साङ् (शुद्धिकरण) पुजा, भुमि शोधना पुजा, भुमि कलश, नाग कलश साथै विभिन्न औजारहरु स्थापना गरि बिधिवत् तथा औपचारिक रुपमा गुम्बा शिलान्यास गरिएको हो ।
लमजुङमा गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न
