चैत्यको महत्व र प्रकार

बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौं उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्।

बुद्ध पूजा नै चैत्य पूजा हो, किनभने बुद्ध पूजा गर्नको लागी नै बौद्ध चैत्यहरुको सृजना भएको हो । बुद्ध पूजा गर्नु भनेको तथागतको गुणानुस्मरण गर्नु हो । बुद्धको गुणानुस्मरणले हाम्रो मनलाई स्वच्छ र पवित्र बनाउनुका साथै हामीलाई कुशल कार्य गर्न अभिप्रेरित पनि गर्छ । चैत्यलाई पाली भाषामा चेत्तिय, नेपालीमा चैत्य र नेपाल भाषामा चीभाः भनिन्छ ।

४ प्रकारका चैत्य

१) शारीरिक चैत्य
तथागतका केश आदि वस्तु तथागतका अनुपादिशेष, महापरिनिर्वाण पछिका अवशेष निधान गरी निर्माण गरीएका स्मारक नै शारीरिक चैत्य हुन् ।

२) परिभोग चैत्य
बुद्धले प्रयोग गरेका पात्र आदि परिष्कार राखी निर्माण गरिएका स्मारकलाई नै परिभोग चैत्य भनिनछ ।

३) धर्म चैत्य
धर्म चैत्यको अर्थ बुद्ध वचनादि त्रिपिटकसंग सम्बंधित छ । धर्म स्कंधको पनि गौरव राख्ने श्रद्धामा धर्म चैत्यको निर्माण भयो । त्रिपिटक ग्रन्थलाई अथवा माण्डले र बुद्ध मण्डलको सम्पूर्ण त्रिपिटकको शिलाभिलेखलाई धर्म चैत्य भन्न सकिन्छ ।

४) उद्देश्य चैत्य (निमित्त चैत्य)
बुद्धको विषयमा सुनेका लक्षण र व्यञ्जनको आधारमा बनाइने बुद्द प्रतिमा हरूलाई उद्देश्य चैत्य भनिन्छ ।
परियत्तीः तृतिय प्रवेश शिक्षाका अनुसार

Share

Related posts

One Thought to “चैत्यको महत्व र प्रकार”

  1. Rajesh shahi

    This is right decision, for celebration we have other year, for the moment we all should have to stay at home for safe and fight altogether with covidi 19……..