विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लरका रुपमा लुम्बिनीमा पाउन सकिन्छ…
Read MoreCategory: विविध
बौद्ध धर्ममा जातक कथा
जातक कथाको अर्थ हो जन्मको कथा हो । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो । यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले…
Read Moreभुटानमा रहेको बौद्धमार्गीको पवित्र स्थल टाइगर नेष्ट
भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…
Read Moreमृत्युपछि के हुन्छ भन्ने शिष्यको प्रश्नमा बुद्धको यस्तो जवाफ
महामानव गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट समाधान गर्थे । बुद्धलाई एक शिष्यले सोधेछन् ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोले ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’ शिष्यले हवस् भनेपछि बुद्धले सोधेछन् मानौं तिमी कतै जाँदैछौ, विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई…
Read Moreबुद्धका १० अनमोल वचन
बुद्धका उपदेशहरुको महत्व झनझन बढ्दै गइरहेको छ । मानव जीवनमा बद्ध वचनहरु आवश्यक र अपरिहार्यजस्तै भइसकेको छ । बुद्धको कैयौ वचन तथा उपदेशमध्य १० अनमोल बचन यसप्रकार रहेका छन् । १.घृणा ,घृणा गरेर कम हुदैन घृणा,प्रेमले मात्र कम हुन्छ्रयो संसारको शाश्वत नियम हो । २.जो व्यक्ति ५० जनालाई माया ,मोह गर्छ ,त्यहि व्यक्ति ५० वटा दुखको जालमा फसेको हुन्छ ्रजो व्यक्तिले कसैलाई पनि माया रमोह गर्दैन त्यो व्यक्तिलाई कुनै संकट हुदैन । ३.स्वास्थ्य सबै भन्दा महान उपहार ,सन्तुष्टि सबै भन्दा ठुलो धन र बिश्वासनियेता सबै भन्दा ठुलो सम्बन्ध हो ।…
Read Moreकुम्भघोषकको कथा
प्रस्तुति : संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…
Read Moreबौद्ध धर्ममा संघको महत्व
बौद्ध धर्ममा संघको ठुलो विशेष महत्व रहेको हुन्छ । बौद्ध धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए । यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रित हुने आदि विषयमा भिन्न मत राख्दछन् । संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई…
Read Moreल्हासाको रेटिङ्ग गुम्बाको इतिहास यस्तो छ
रेटिङ्ग गुम्बा उत्तरी ल्हासाको लिन चौ जिल्लाको थाङकु गाउँमा पर्छ। यो तिब्बती बौद्ध धर्मको कादाम सम्प्रदायको पहिलो गुम्बा हो। तिब्बती भाषामा रेटिङ्गको अर्थ सबै दुःख उन्मूलन गरी पुनर्जन्मलाई तीनवटा तहबाट हस्तान्तरण गर्ने हो। सन् 1057 मा कादाम सम्प्रदायका संस्थापक ड्रोम्टोनले रेटिङ्ग गुम्बाको निर्माण गरेका थिए। त्यसपछि उनले प्राचीन भारतका भिक्षु अतीसाका रुढिबादी तान्त्रिक र परिस्कृत तान्त्रिकका सम्पूर्ण सिद्धनन्त सिकेका थिए अनि रेटिङ्ग गुम्बामा कादाम सम्प्रदायको स्थापना गरेका थिए। पन्ध्रौँ शताब्दी हुँदा चुङ्गखापाले कादाम सम्प्रदायको सिद्धान्त र आफ्नो बुझाइ लिएर गेलुग सम्प्रदायको स्थापना गरेका थिए त्यसपछि रेटिङ्ग गुम्बा पनि गेलुग सम्प्रदायको…
Read Moreबुद्धले गोडा धुने पानीको माध्यमबाट राहुललाई दिएको शिक्षा
राहुल गौतम बुद्धका एक मात्र छोरा थिए । राहुल पनि श्रामणेर भएका थिए । संघमा उनी सबै भन्दा सानो भएकाले सबैलाई उनलाई अत्यन्तै माथा गर्थे । राहुल आफै पनि निकै आज्ञाकाी थिए । एकदिन बुद्धले बोलाएर राहुललाई भने राहुल, मेरो गोडा धुन मलाई एक भाडा पानी ल्याई देउ त । राहुलले तुरुन्तै पानी ल्याएर बुद्धको गोडा धोइदिए । गोडा धोइसके पछि बुद्धले राहुललाई प्रश्न गरे राहुल, अब यो पानी पिउन हुन्छ त ? राहुलले तुरुन्तै उत्तर दिए अह, यो त फोहोर पानी हो अब यो पिउनु हुदैन । त्यस पछि…
Read More१५०० वर्ष देखि भीरमा झुण्डिएको एक चिनियाँ बौद्ध मन्दिर
करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…
Read More