बौद्ध धर्मका चार आर्य सत्यलाई एकपटक स्मरण गरौँ

१. दुःख : यस दुनियामा सबै केही दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई नपाउनुमा, सबैमा दुःख छ । २. दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरी सशरीर गरेर संसारलाई जारी राख्दछ । ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ । ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ । बुद्धले पहिलो धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साथीहरुलाई दिएका थिए, ती चार आर्य सत्यहरूका विषयमा थिए…

Read More

म्यानमारको एउटा बौद्ध सम्पदा जुन बर्षौदेखि एउटा पत्थरको टुप्पोमा अडिएको छ (फोटो फिचर)

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन । यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् । यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको…

Read More

हरेक कुरा परिवर्तनशील छ भन्दै १७ औँ कर्मपाबाट कोरोना महामारीबाट जोगिन आग्रह सहित विशेष सम्बोधन

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । यो भाइरसकै कारण लाखौ संक्रमित बनेका छन् भने १ लाख ३५ हजार जतिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसले विकसित तथा अविकसित सबै राष्ट्रमा उत्तिकै असर पुर्याइरहेको छ । यस्तो अवस्थामा अहिले हामी सबैले सचेत भई यो महामारीको प्रकोप फैलन नदिने उपायहरु अवलम्वन गर्नुको विकल्प रहेको छैन । महामारीको प्रकोप बढ्दै गइरहेको पछिल्लो अवस्थामा १७ आँै परम पूजनिय ग्यलवांग कर्मपा ओर्गेन ठिनले दोर्जेले विश्व शान्तिको कामना सहित आगामी हप्तादेखि विशेष पूजा गरिने जानकारी दिदै कोरोना महामारीबाट जोगिन अनुरोध गर्दै विशेष सम्बोधन…

Read More

लुङ्ताको महत्व र परिभाषा

बौद्ध धर्ममा लुङ्ताको विशेष महत्व रहेको छ । पञ्चरंगी विभिन्न ५ जनावरको चित्र अंकित लुङ्तामा राखिएका प्रत्येक जनावर सांकेतिकरुपमा राखिएका हुन् । लुङ्ता शव्दमा रहेको लुङले पञ्चतत्व पृथ्वी, जल, अग्नी, वायु र ब्रह्माण्डलाई जनाउँछ । अर्थात् लुङको अर्थ सर्वव्यापी अर्थ हुन्छ । त्यस्तै ताको अर्थ उच्च वेगको घोडा भन्ने जनाउँछ । प्राचीन तिब्बतमा घोडालाई तिब्रताको प्रतिकको रुपमा लिइन्थ्यो । तिब्बती प्रचलन र संस्कार अनुसार लुङ्ता भन्नाले वायुकै तेज बराबरको अर्थात् वायुपंखी घोडा भन्ने पनि बुझिन्छ । लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पुरा गर्ने, पुण्य प्राप्ति लगायत प्राप्त हुने लगायतका विविध फाइदा…

Read More

भोली गुरु रिन्पोछेको जन्म तिथी, रिम्पोछेको मन्त्र उच्चारणले हुन्छन् यस्ता फाइदा

लामा सांगे लेग्देन भूपेन ༄༄ ༏ ༏ ཨོྃ་ཨ་ཧཱུྃ་བཛྲ་གུ་རུ་པདྨ་སིདྡཱི་ཧཱུྃ ༔ ॐ आ हु बज्र गुरु पद्म सिद्धि हु ༔ ྲ༈ མ་ཧཱ་གུ་རུ༔གུ་རུ་རིན་པོ་ཆེ༔ महागुरु पद्म संभव, तत्कालीन उडीयान राज्यको, हाल (पाकिस्तान पन्जाप प्रान्त) राजा ईन्द्रबोधीको प्राप्त धर्म पुत्र विद्याधार, महातान्त्रिक साधकको, शताब्दीयौं अघि उत्तम जन्म, पद्मकेशरबाट हिमाली पात्रोको छैटौं महिनाको दशमी तिथिमा प्राणी मात्रको कल्याणार्थ जन्म, आगमन भएको थियो | तत्कालीन मगध राज्यमा, हाल (भारत बिहार) अवस्थित नालन्दा बौद्ध विश्व विद्यालयमा शास्त्रीय अध्यान अध्यापन पश्चात् नेपालको फर्पिङ असुरा गुफामा सम्यक बज्र किलयाको अति गुह्यमन्त्र साधनाबाट सिद्ध प्रात भई स्थानीय तैथ्रिकहरुलाई नियन्त्रणमा लिदै नेपालको…

Read More

ॐ को महत्व र फाइदा

ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । एउटै शब्द जसले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ॐे बौद्ध, हिन्दु, जैन, सिख लगायतका धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ । ॐ लाई कुनै पनि धर्मको खोज वा निजी होइन । यो सार्वभौमिक छ र यसमा नै पुरा ब्रम्हाण्ड छ । ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ । ॐ उच्चारणका फाइदा थाइराइडको समस्या…

Read More

जसले २५ वर्षदेखि बुद्धको मात्रै मूर्ति बनाए

नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी । बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्य चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त थिए । उनले शुरुदेखि नै गौतम बुद्ध र बुद्धसँग सम्बन्धित अन्य मूर्ति निर्माण गर्दै आएका छन् । उनी जहाँ जान्छन् बुद्धकै मूर्ति कुँद्छन् । तर थोरै फरक शैलीमा केही कलात्मक मिश्रण गरेर ।…

Read More

बौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?

गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ । लुम्बिनी गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको…

Read More

इतिहासमा झण्डै हराएको बुद्ध जन्मस्थल लुम्बिनीको खोज यसरी भयो

केही सय वर्षअगाडि मात्रै हो बौद्ध धर्मको बारेमा पश्चिमा विद्वानहरुले गम्भिर अध्ययन सुरु गरेको । पश्चिमेली विद्वानले बौद्ध धर्म र साहित्यको अध्ययन अनि त्यसको प्रकाशनले बौद्ध धर्मप्रति अन्तराष्ट्रिय रुची बढ्यो । ठीक यही बेला बौद्ध धर्म मान्ने एसियाली देशहरूमा पनि पुनःजागरण सुरु भयो, खासगरी श्रीलंकामा । बौद्ध धर्ममा श्रीलंकाको ठूलो देन छ । र, त्यहाँ चलेको धर्मको पुनःउत्थानले अरू देशलाई उत्तिकै प्रभाव पारेको इतिहास छ । यसरी बौद्ध धर्मको पुनःउत्थानकै क्रममा सिद्धार्थ गौतमको जन्म कहाँ भयो भनेर खोजि पनि भयो । सन् १८९६ डिसेम्बरमा, सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी हो भनेर…

Read More

स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

लामा सांगे लेग्देन भूपेन महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई 👀 आखाको बारेमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा । जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध हुन सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् । १) उपया भन्नाले हामी…

Read More