आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव २०७६ मंसिर ३ गते मंगलबारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…
Read MoreCategory: विविध
बुद्धकालिन एक केन्द्र, जहाँबाट गणतन्त्रको सुरुवात भयो
बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो । प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा…
Read Moreश्री ३ राणा खलकका श्रीधर राणा यसरी बने बौद्ध गुरु तथा रिम्पोचे
विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचे श्री ३ पद्म शम्शेर जबराका नाति पूर्ब डिआइजी नरनारायण शम्शेर र तत्कालिन बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहकी छोरी शान्ति राणाको सन्तान हुन् । सन् १९५० मा जन्मिएका श्रीधर राणा रिम्पोचेको प्रारम्भिक शिक्षा शिक्षा सेन्ट जेभियर्स स्कूलमा भयो र सिनियर केम्ब्रिज गरी सकेपछि उनले भारतको दिल्लिबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरे । सन् १९७६ मा खप्तड बाबासँग हिन्दु धर्म र दर्शनको गहन रुपमा अभ्यास गरि सकेपछि उनले हिन्दु तन्त्रका प्रकाण्ड बिद्वान् एवं उच्चकोटिका तान्त्रिक साधक रथि धन शम्शेर जबरा सँग हिन्दु तन्त्रको गहन अभ्यास र अध्ययन…
Read Moreदुई दिने बज्रकिलाय फुर्दोक पूजा, काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बा
गणेशकुमारीबाट यसरी बनिन् धम्मावती गुरुमा
भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो । सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो…
Read Moreआज स्वयम्भू उत्पत्ति भएको दिन
आज आश्विन कोजाग्रत पूर्णिमा, यो दिनलाई बौद्ध धर्मावलम्वीले स्वयम्भू उत्पत्ति भएको दिन मान्दै आएका छन् । स्वयम्भू पुराण अनुसार उपत्यकामा पानी भरिएको समय विपस्वी बुद्ध यहाँ आई तीनपटक वरिपरिको पहाड घुमी नागार्जुनको डाँडोमा तपस्यामा बसेका थिए । विपस्वी बुद्धले वैशान पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्के मन्त्र उच्चारण गरी दहमा रोपेका थिए । उनले छरेको कमलको बीउ आश्विन पूर्णिमाका दिन उम्रेको र उक्त कमलको फूलमा पञ्चरश्मी सहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको धार्मिक विश्वास रहदै आएको छ । कमलको फूलबाट आफै उत्पत्ति भएको कारण यस महाचैत्यको नाम स्वयम्भू रहन गएको मानिन्छ…
Read Moreनेपाल चीन कनेक्सन : यी हुन् चीनमा बौद्ध धर्म फैलाउने
काठमाडौँ — बौद्ध साहित्यमा महापरिनिर्वाणसूत्रको धेरै ठूलो महत्व छ । यसलाई गौतम बुद्धको निर्वाणबारे जानकारी दिने सबैभन्दा प्राथमिक स्रोत मानिन्छ । यो त्रिपिटक अन्तर्गतको सबैभन्दा लामो सूत्र पनि हो । यसको संस्कृतबाट चिनियाँ भाषामा अनुवाद पाँचौं शताब्दीमा नानचिङ सहरमा भएको थियो । चिनियाँ बौद्ध धर्ममा एउटा चान सम्प्रदाय रहेको छ । यसलाई ध्यान सम्प्रदाय पनि भनिन्छ, किनभने यसले ध्यानमा बढी जोड दिन्छ । यही सम्प्रदायका कारण चीनमा बौद्धधर्मको विकास र प्रचारमा ठूलो मद्दत पुगेको मानिन्छ । पाँचौं शताब्दीको सुरुतिर चीन पुगेर महापरिनिर्वाणसूत्रको अनुवाद र चान सम्प्रदायको स्थापना दुवैमा योगदान दिने व्यक्ति हुन्, बुद्धभद्र । नेपाली इतिहासका स्रोतले यी…
Read Moreबौद्धमार्गीका लागि विजयादशमी के हो ?
विजयादशमी बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपुर्ण रहेको छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले शस्त्र परित्याग दिवसको रुपमा मनाउने गरेका छन् । कलिंगको युद्धमा लाखौ सर्वसाधारणको हत्या गरेपछि विक्षिप्त बनेका सम्राट अशोकले विजयादशमीकै दिन आफ्नो तरबार दुई टुक्रा पारी फ्याकी दिएका थिए । अशोकले शस्त्रअस्त्र फ्याकी बौद्ध धर्मको अनुयायी भएको यो दिनलाई बौद्ध धर्ममा दोस्रो ऐतिहासिक धम्मचक्र परिवर्तन दिवसका रुपमा लिइन्छ । विजयादशमीको आश्विन शुक्ल पक्षको दशौ दिन नै अशोकले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय हासिल गरेका थिए । हत्या हिंशाको मार्ग छोडी शान्तिको पथमा सम्राट अशोक लागेका कारण बौद्धमार्गीले यस दिनलाई…
Read MorePadmasambhava, Lotus Born Guru
Padmasambhava, also known as Guru Rinpoche, Lotus born Guru, is very prominent historical figure worshiped as deity in Tibetan Buddhism. In the middle of the eighth century AD, the Tibetan king Thi-Sron Detsan sent to India inviting the learned guru Padmashambhava to come to Tibet. Padmasambhava was renowned for his knowledge of dharani [mystical sentences] and of their efficacious application, and was warmly welcomed. He remained fifty years in the country, founding monasteries, and teaching the Tantra-Yogacarya doctrine. He is said to have subdued all the malignant gods in Tibet,…
Read Moreतीन महिने बौद्ध धर्म प्रशिक्षण शिविर सम्पन्न
बौद्ध धर्म र दर्शनको शिक्षालाई गाँऊ गाँऊ तथा बस्ती बस्तीसम्म पुर्याई सुसभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा संचालित ३ महिने निशुल्क धर्म प्रशिक्षण शिविर आयोजना गरेको छ । धरान उपमहानगरपालिका १५, सुनसरीमा गरिएको उक्त शिविर सम्पन्न भएपछि प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरियो । शिविरको प्रायोजन अमेरिका बस्दै आएका गोपी लामा गुरुङले गरेका हुन् ।
Read More