छोखोर दुछेन अर्थात् धर्मचक्र प्रवर्तन महोत्सव

आचार्य सार्की शेर्पा भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्मचक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछ । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैठौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा डुक्पा छेजी भन्ने गर्दछ । शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मृगदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्चवर्गीय भिक्षु (अज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिय) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ…

Read More

पञ्चशील भाग १ पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू

बौद्ध धर्ममा पञ्चशीलको ठूलो महत्व रहन्छ। पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू रहन्छन्। १ प्राणी हिंसाबाट टाढा रहने। २ झूठो बोल्न बाट टाढा रहने। ३ चोरी नगर्ने। ४ व्यभिचार नगर्ने। ५ मध्यपान नगर्ने।

Read More

बौद्ध धर्म उत्थानको कारण यस्तो छ

अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विषेश गरि दुई प्रकारको…

Read More

आज काठमाडौँ उपत्यकामा रातो मच्छिन्द्राथको भोटो देखाइदै

वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइँदै छ । राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने भोटो जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याएको थियो । सोमबार मच्छिन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि ‘यास्न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो । रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मच्छिन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै…

Read More

लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माण हुने

सरकारले लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि अध्ययन गर्ने अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बुद्धको जन्मस्थल लुम्विनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि स्विकृति प्रदान गरिएको बोर्डका सदस्य डा. हरिभक्त शर्माले जानकारी दिए। बैठकले ५ सय ५० मेघावाट क्षमताको सोलार पावर विभिन्न प्रदेशमा निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावित आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले सम्पन्न हुने गरी कार्ययोजना तय गर्न बोर्डलाई सचेत गराएका थिए।

Read More

करिब शतप्रतिशत बौद्धमार्गी भएको गाउँमा मासु काटमार गर्न र खान प्रतिबन्ध

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै…

Read More

लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति

जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला…

Read More

१० वर्षीय अवतारी लामालाई नजिकबाट चिन्नुस्

तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् । आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिदै बुधबार गद्दी आरोहण गराईएको छ । अन्य समुदाय र…

Read More

अन्तराष्ट्रिय बौद्ध दिवसको अवसरमा पुरस्कार तथा छात्रवृत्ति

अन्तराष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा विश्व शान्ति विहारको आयोजनामा विश्व शान्ति बौद्ध शिक्षालयका श्रामनेर विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा छात्रवृति सम्मान प्रदान गरिएको छ । विश्व शान्ती बौद्ध शिक्षालयका संयोजक एवं उपप्रधानाध्यापक मिम शाक्यले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा संघनायक एवं शिक्षालयका संस्थापक श्रद्धेय ज्ञानपूर्णिक महास्थविरले अन्र्तराष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा शिक्षालयका कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई संघनायकद्वारा पुरस्कार वितरण गरिएको थियो । संघनायकले शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये अनुशासनमा बसेका ३ जना श्रामणेर…

Read More