नाम्ड्रोल थपालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको विषयमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी (टुल्कु) भन्ने गरिन्छ । सत्य र धार्मिक मान्छेहरुले पुनर्जन्म लिने धार्मिक विश्वास रहेको उनको भनाई छ । ‘मानिसहरु सबैले पुनःजन्म पाएका हुन्छन् । तर सबै मानिसलाई आफ्नो पूर्वजन्मको विषयमा जानकारी हुँदैन तर पुनर्जन्म पाएका लामाहरुलाई सबै कुरा थाहा हुन्छ ।’ उनी भन्छन् ,‘ सत्य मान्छेको जन्म समाजको कल्याणका निम्ति हुन्छ, राम्रो काम गर्दा गर्दै भौतिक शरिर मर्छ तर सुरु गरेका कामहरु पुरा गर्न फेरि अर्को व्यक्ति भएर जन्मन्छन् । त्यहि हो अवतारी लामा भनेको पनि ।’
लामा थुचेनका अनुसार यसरी जन्मिएका लामाहरुलाई पूर्व जन्मको विषयमा सबै जानकारी हुन्छ । त्यो हो वा होईन भन्ने विषयमा समाजका अगुवाहरु बीच छलफल हुन्छ । पुनर्जन्म लिएको दावी गर्ने लामालाई पहिलेको जन्ममा भएका कामहरु र आफ्ना आफन्त परिवार, धन, सम्पत्ती लगायका बारेमा सोध्ने गरिन्छ । यसरी सबैकुरा मिलाएर त्यो पुष्टि भए मात्रै अवतारी मान्यता दिईन्छ । अवतारी मान्यता पाएका व्यक्ति दिवंगत भएपछि अर्को त्यस्तै बालकले बोलि आउँदै आफैंले पूर्वजन्मको विषयमा बतायो र त्यो मिल्यो भने उसलाई दोस्रो अवतारीको मान्यता दिईन्छ ।


Lama thuchen I am very glad to read this article and thank you so much. Now till now I am searching a answer about this question “why only Buddhist monk are only reborn and get their memories back, why not others? And why not from other religions people? I’ll be greatful if you give me answers about above question?